पाल्पामा ट्रयाक्टर दुर्घटना, एक जनाको मृत्यु
पाल्पा । पाल्पा जिल्लाको रम्भामा भएको ट्रयाक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ । रम्भा गाउँपालिका वडा नं.३, स्थित कालीगण्डकी कोरिडोर सडक खण्डमा आईतबार बेलुकी ७ बजे भएको दुर्घटनामा रम्भा–१, हुँगीका १७ वर्षका विशाल थापाको मृत्यु भएको हो ।
थापाको उपचारको क्रममा लुम्विनी मेडिकल कलेज प्रभासमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए । रम्भाको पीपलडाँडाबाट हुँगीतर्फ जाँदै गरेको लु ४ त ७९१६ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा चारजना घाइते भएको प्रहरीले जनाएको छ ।
ट्रयाक्टरमा सवार रहेका रामपुर–१, बस्ने २४ वर्षका दिलबहादुर घर्ती सोही स्थानका १६ वर्षका युवराज घर्ती, रम्भा–१, असर्दी बस्ने १८ वर्षका पूर्णबहादुर बोटे र १९ वर्षका विवेक थापा घाइते भएका छन् । दुर्घटनापछि ट्रयाक्टरका चालक फरार रहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशनको उद्घाटन सत्रबाट रवि र बालेनले दिएका सन्देश
-
पार्टीमा विवाद नभएको सन्देश दिने रवि–बालेनको प्रयास
-
राहुघाट जलविद्युत् आयोजना : सुरुङमा पानी भर्न थालियो
-
लुम्बिनीका विद्युतीय बसः अन्य विमानस्थलमा सेवा सुरु, भैरहवामा भने अझै अलपत्र
-
आँप महोत्सव सम्पन्न : मुख्यमन्त्रीको प्रतिबद्धताले हौसिए किसान
-
एकै विश्वकप दिवसमा डच राजपरिवारका लागि दोहोरो ठुलो सफलता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण