गुजरातबाट टीकापुर आउँदै गरेको बस लखनउमा दुर्घटना, ३ नेपालीसहित ४ जनाको मृत्यु
धनगढी । भारतको गुजरातबाट टीकापुर आउँदै गरेको बस लखनउ नजिकै दुर्घटना हुँदा ३ नेपालीसहित ४ जनाको घटनास्थलमै मृत्यु भएको छ ।
जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीका अनुसार पुस २३ गते राति दुर्घटना हुँदा भारतीय बस चालकसहित ४ जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा टीकापुर नगरपालिका ज्योतिनगरका ४० वर्षीय ललित साउद र व्यवसाय क्षेत्र बस्ने ४५ वर्षीय चन्द्र साउद रहेको र १ जना महिलाको सनाखत हुन नसकेको प्रशासनले जनाएको छ । मृतकका आफन्त भारततर्फ हिँडिसकेको जनाइएको छ ।
६६ यात्रु सवार रहेको बसमा १४ जना घाइते भएका छन् । जसमध्ये ३ जना गम्भीर छन् । घाइतेहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । उनीहरू भारतका विभिन्न सहरबाट घर फर्किरहेका थिए ।
बसलाई दुईतर्फबाट अन्य दुईवटा बसले ठक्कर दिएको बताइएको छ । भारतको गुजरात, सुरतलगायतका क्षेत्रबाट नेपालीहरु मात्रै ओहोरदोहोर गर्न मिल्ने गरी बस सेवा सञ्चालन हुँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशी प्रदेश मन्त्रिपरिषद्का निर्णय : लोकसेवाको सचिवमा तामाङ, महालेखाको प्रतिवेदन सभामा पेस गरिने
-
सांसद सागर ढकाल सवार गाडी दुर्घटना
-
हिमालयन ट्राभल मार्ट २०२६ काठमाडौँमा सम्पन्न
-
इरानसँगको युद्धका क्रममा अजरबैजानमा इजरायलले गरेको थियो गोप्य सेना तैनाथ
-
‘ऐँजेरु’को संज्ञा दिँदै धवलशमशेरमाथि खनिए राजेन्द्र लिङ्देन
-
बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण