सप्तरीमा चोरी आरोपमा ३ जना पक्राउ
सप्तरी । जिल्ला प्रहरी कार्यालय सप्तरीले चोरीमा संलग्न तीनजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा राजविराज नगरपालिका–१ डुमरी शिवथान टोल बस्ने ३० वर्षीय मनोज साह, सोही ठाउँ बस्ने २८ वर्षीय सन्तोष भन्ने श्रीराम यादव र २५ वर्षीय दिपेन यादव रहेका छन् । उनीहरुको साथबाट साइकल १ थान, बोरिङको सकेट ३ थान, कल २ थान, तारसहितको कृषि मिटर १ थान र पानी तान्ने प्लाष्टिकको पाइप १ थान बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता नरेश कुमार सिंहले जानकारी दिएका छन् ।
पक्राउ परेका तीनै जनालाई चोरी मुद्दामा सप्तरी जिल्ला अदालतबाट म्याद थप गराई अनुसन्धान सुरु गरिएको प्रहरी प्रवक्ता सिंहले बताए । उनीहरुले पुस २० मा राजविराज नगरपालिका–१ डुमरी शिवथान बस्ने राजकुमार साह, सोही ठाउँका रामकुमार यादव, परशुराम यादव, राजकुमार शर्मा, दुखीलाल यादव र महेशप्रसाद साहको खेतमा रहेको कृषि मिटर, बोरिङको सकेट, पाइप, कल तथा राजकुमार साहको घरबाट साइकल समेत चोरी गरेको प्रहरीको भनाई रहेको छ । पछिल्लो केही दिन यता जिल्लामा चोरीका घटना बढेका छन् । -न्युज कारखाना
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पले दिए इरानमाथि जमिनबाट हमलाको संकेत
-
फ्रान्स नयाँ प्रशिक्षकको खोजीमा, को बन्ला डेसाम्प्सको उत्तराधिकारी ?
-
वारेन बफेटले यस वर्ष दिएनन् गेट्स फाउन्डेसनलाई दान
-
अमेरिका–इरान दुवै पक्ष फेरि पुरानै अवस्थातर्फ, युद्ध अन्त्य गर्न संघर्षरत ट्रम्प
-
प्रतिवेदन लेख्न बादल नेतृत्वको कार्यदलले गर्यो ढिलाइ
-
चार वर्ष पुग्न लाग्दा सुदूरपश्चिम प्रदेश सभाबाट १५ ऐन प्रमाणीकरण, ८ विधेयक अझै समितिमै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण