समाचार
प्रदेश १ का मुख्यमन्त्री कार्कीले लिए शपथ
सोमबार, २५ पुस २०७९, १५ : १४
विराटनगर । प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पद तथा गोपनीयताको शपथ लिएका छन् । मुख्यमन्त्री कार्कीलाई प्रदेश प्रमुख परशुराम खापुङले पद तथा गोपनीयताको शपथ दिलाएका हुन् ।
नवनियुक्त मुख्यमन्त्री कार्कीले सोमबार नै आफ्नो मन्त्रिपरिषदमा तीन सदस्य नियुक्त गरेका छन् । नवनियुक्त तीन मन्त्रीले पनि पद तथा गोपनीयताको शपथ लिएका छन् ।
नवनियुक्त मन्त्रीहरुमा तिलकुमार मेयाङ्बो, भक्तिप्रसाद सिटौला र निर्मला लिम्बू छन् । उनीहरुलाई अहिले विभागीय जिम्मेवारी भने दिइएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि निमित्त प्रमुखको अधिकार रद्द
-
गोरखाबाट सुत्केरी महिलाको हवाई उद्धार
-
आईभीएफ सेवा व्यवस्थित गर्न कार्यविधि र ऐनबारे छलफल सुरु
-
डा.गोविन्द केसीको जीवन रक्षाका लागि सरकारलाई ताकेता गर्न समितिमा निवेदन
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण