बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

गण्डकीका नवनियुक्त मुख्यमन्त्रीसहित ३ मन्त्रीले लिए शपथ (तस्बिरहरू)

सोमबार, २५ पुस २०७९, १७ : १२
सोमबार, २५ पुस २०७९

पोखरा । नवनियुक्त गण्डकीका मुख्यमन्त्री  खगराज अधिकारीले पद तथा गोपनीयताको शपथ  लिएका छन् । मुख्यमन्त्री अधिकारीसहित ३ जना मन्त्रीहरूले पनि शपथ लिएका हुन् ।  

शपथ लिने मन्त्रीहरूमा एमालेकी सिता सुन्दास, माओवादीका हरिबहादुर चुमान र राप्रपाका पञ्चराम गुरुङ रहेका छन् । उनीहरूले विना विभागीय मन्त्रीको रूपमा शपथ लिएका छन् । 

प्रदेश प्रमुख पृथ्वीमान गुरुङले मुख्यमन्त्री र मन्त्रीहरूलाई शपथ गराएका हुन् । प्रमुख गुरुङले अधिकारीलाई  संविधानको धारा १६८ को उपधार २ बमोजिम सोमबार गण्डकी प्रदेशको  मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । 

gandakigandaki1gandaki2gandaki3gandaki4gandaki5gandaki6gandaki7gandaki8gandaki9gandaki10gandaki12gandaki13gandaki14gandaki15gandaki16gandaki17gandaki18gandaki19gandaki20gandaki21gandaki22

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सञ्जय रानाभाट
सञ्जय रानाभाट
लेखकबाट थप