मस्कोबाट गोवाका लागि उडेको विमानमा बम राखिएको हल्लापछि गुजरात डाइभर्ट
मङ्गलबार, २६ पुस २०७९, ०८ : १५
गोवा । मस्कोबाट गोवाका लागि २२४ यात्रु सवार चार्टर उडान गुजरातको जामनगरमा डाइभर्ट गरिएको छ । गोवा एयर ट्राफिक कन्ट्रोलरले विमानभित्र बमको धम्की पाएपछि विमान डाइभर्ट गरिएको अधिकारीहरूले बताए ।
‘सबै यात्रु र चालक दलका सदस्य (८) लाई सकुशल बाहिर निकालिएको छ र स्थानीय अधिकारी, प्रहरी र बम डिस्पोजल टोलीले विमानको जाँच गरिरहेको छ’, प्रहरी महानिरीक्षक अशोककुमार यादवले भने। जामनगर विमानस्थलका अधिकारीहरूका अनुसार विमानलाई एकान्तमा अवतरण गरिएको थियो ।
‘मस्कोबाट गोवा जाँदै गरेको अजुर एयरको उडानमा कथित बम राखिएको भन्ने बारेमा भारतीय अधिकारीहरूले दूतावासलाई सचेत गराएको थियो। विमानले जामनगर भारतीय वायुसेना बेसमा आपत्कालीन अवतरण गरेको छ। जहाजमा रहेका सबै सुरक्षित छन्।’, रुसी दूतावासले एक विज्ञप्तिमा भनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
-
पुष्पलालको वैचारिक मार्गदर्शनमा कम्युनिस्ट आन्दोलनको पुनर्गठन
-
‘बफर’ कोटाको रसायनिक मल वितरण सुरु
-
पुष्पलालका योगदान आज पनि उत्तिकै प्रेरणादायी छन् : माधव नेपाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण