मस्कोबाट गोवाका लागि उडेको विमानमा बम राखिएको हल्लापछि गुजरात डाइभर्ट
मङ्गलबार, २६ पुस २०७९, ०८ : १५

गोवा । मस्कोबाट गोवाका लागि २२४ यात्रु सवार चार्टर उडान गुजरातको जामनगरमा डाइभर्ट गरिएको छ । गोवा एयर ट्राफिक कन्ट्रोलरले विमानभित्र बमको धम्की पाएपछि विमान डाइभर्ट गरिएको अधिकारीहरूले बताए ।
‘सबै यात्रु र चालक दलका सदस्य (८) लाई सकुशल बाहिर निकालिएको छ र स्थानीय अधिकारी, प्रहरी र बम डिस्पोजल टोलीले विमानको जाँच गरिरहेको छ’, प्रहरी महानिरीक्षक अशोककुमार यादवले भने। जामनगर विमानस्थलका अधिकारीहरूका अनुसार विमानलाई एकान्तमा अवतरण गरिएको थियो ।
‘मस्कोबाट गोवा जाँदै गरेको अजुर एयरको उडानमा कथित बम राखिएको भन्ने बारेमा भारतीय अधिकारीहरूले दूतावासलाई सचेत गराएको थियो। विमानले जामनगर भारतीय वायुसेना बेसमा आपत्कालीन अवतरण गरेको छ। जहाजमा रहेका सबै सुरक्षित छन्।’, रुसी दूतावासले एक विज्ञप्तिमा भनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठ दाउराका लागि मात्रै भेला र साधारणसभा नगर्नुहोस् : प्रमुख संरक्षण अधिकृत
-
प्रधानन्यायाधीश नेतृत्वको टोलीद्वारा बेलायतमा भेटघाट
-
भरतपुर अस्पतालमा ‘एमबिबीएस’ कार्यक्रम सञ्चालनका लागि प्रस्ताव गरेका छौँ : मन्त्री पौडेल
-
ट्याक्टरले ठक्कर दिँदा जन्ती गइरहेकी एक महिलाको मृत्यु, एक घाइते
-
बालाजुस्थित करिडोर सडक डुबानमा (तस्बिरहरु)
-
१० बजे १० समाचार : दुई घण्टासम्म ओली–देउवा वार्ता, एमाले महासचिवको प्रस्तावलाई ओलीले गरे अस्वीकार