फ्रान्सका कप्तान लोरिसको सन्यास
फ्रान्स । फ्रान्सका कप्तान तथा गोलकिपर ह्युगो लोरिसले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरेका छन् । अर्जेन्टिनासँग कतार विश्वकप फाइनलपछि नै लोरिसले संन्यास घोषणा गर्ने बताइएको थियो । तर उनले सोमबार मात्र अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरेका हुन ।
‘मैले अन्तर्राष्ट्रिय फुटबलबाट बिदा लिने निर्णय लिएको छु । यो निकै कठिन निर्णय हो,’ लोरिसले भनेका छन् । लोरिस फ्रान्सको राष्ट्रिय टोलीबाट सर्वाधिक खेल खेल्ने खेलाडी हुन । लोरिसले २०१२ देखी फ्रान्सको कप्तानी सम्हाल्दै आएका थिए ।
उनको कप्तानीमा फ्रान्सले कतार विश्वकप २०२२ को फाइनलसम्मको यात्रा तय गरेको थियो । फाइनलमा फ्रान्सले अर्जेन्टिनालाई पेनाल्टी सुटआउटमा नतिजा सुम्पिएको थियो ।
फ्रान्सले लोरिसकै कप्तानीमा सन् २०१८ को रुस विश्वकप जितेको थियो भने उनकै कप्तानीमा २०१६ मा घरेलु मैदानमा भएको युरोपियन च्याम्पियनसिपमा फ्रान्स उपविजेता भएको हो । इङ्लिस प्रिमियर लिगको क्लब टोटनहमका कप्तान लोरिसले फ्रान्सबाट तीन विश्वकपसहित ६ प्रमुख प्रतियोगिता खेले ।
लोरिसले सन् २००८ नोभेम्बरमा उरुग्वेविरुद्धको खेलसँगै अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कानुनी शासनका लागि न्यायपालिका संवेदनशील : प्रधानन्यायाधीश श्रेष्ठ
-
अभियुक्तको गाडीमा पूर्वप्रधानमन्त्री ओली
-
२९ वर्षीया युवतीले रोजिन् इच्छामृत्यु
-
मिलन राईको गिरफ्तारीविरुद्ध ११ वटा संगठनको विरोध
-
कांग्रेस संसद्लाई मुठभेडमा लैजान चाहन्छ : महेश बर्ताैला
-
राजेन्द्र महतोको राष्ट्रिय मुक्ति क्रान्तिले सत्ताको छुट्टै अभ्यास गर्ने