बिहीबार, ११ असार २०८३
ताजा लोकप्रिय

के प्रेमीका सबासँग ऋतिक गर्दैछन् यसै वर्ष विवाह ?

मङ्गलबार, २६ पुस २०७९, २० : २४
मङ्गलबार, २६ पुस २०७९

मुम्बई । बलिउड अभिनेता ऋतिक रोशन आज आफ्नो ४९ औं जन्मदिन मनाउँदैछन् । उनको व्यक्तिगत र व्यावसायिक जीवनको दुबैनै चर्चामा रहने गर्छ ।

उनी छिट्टै अभिनेत्री दीपिका पादुकोणसँग फिल्म फाइटरको सुटिङ सुरु गर्दैछिन् । यसैबीच उनी प्रेमिका सबा आजादसँग यसैवर्ष विवाह गर्ने तयारीमा रहेको समेत बाहिरिएको छ । ऋतिकका परिवार सबालाई लिएर धेरै खुसी छन् । किनकि उनीहरुलाई सबा अभिनेताका लागि परफेट समेत लाग्छ ।

पछिल्लो समय ऋतिक र सबा प्रायः सँगै देखिँदै आएका छन् । फ्यानले पनि दुबैको जोडीलाई परफेट मानेका छन् ।  ऋतिक र सबा चाँडै नै विवाह बन्धनमा बाँधिने तयारीमा रहेको खबर समेत लगातार मिडियामा छाइरहेको छ । ऋतिककी पूर्व पत्नी सुजैन खान र छोराको पनि सबासँग राम्रो सम्बन्ध छ ।

मिडिया रिपोर्टका अनुसार दुबैका नजिकका आफन्तले उनीहरु विवाहको तयारी रहेको जानकारी दिएका छन् । यो वर्षको अन्त्यसम्म दुवैले विवाहको योजना बनाएका छन् । विवाह कुनै भव्य हुनेछैन र त्यसमा सुजैन खान लगायत उनका नजिकका साथीहरू र परिवारका सदस्यहरू मात्र सहभागी हुनेछन् ।

ऋतिक रोशनको अझै पनि पूर्व पत्नी सुजैनसँग राम्रो सम्बन्ध छ । दुवैजना आफ्ना छोराछोरीसँग प्रायः भेटिन्छन् । यसैबीच, सुजैन आजकाल अर्सलन गोनीलाई डेट गरिरहेकी छिन् । दुबैले प्रायः आफ्नो रोमान्टिक तस्बिरहरू सेयर गर्छन् र पार्टीमासँगै देखा पर्दछन् । 

आज आयोजना हुने ऋतिक रोशनको जन्मदिनको पार्टीमा नजिकका साथीभाई र परिवारका सदस्यहरु सहभागी हुनेछन् ।-अमर उज्याला

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप