बिहीबार, ११ असार २०८३
ताजा लोकप्रिय

'नाटू-नाटू’ गीतले जित्यो गोल्डेन ग्लोब अवार्ड

बुधबार, २७ पुस २०७९, ०९ : ०३
बुधबार, २७ पुस २०७९

क्यालिफोर्निया । एसएस राजामौलीको फिल्म ‘आरआरआर’ को 'नाटू-नाटू’ गीतले गोल्डेन ग्लोब अवार्डमा उत्कृष्ट मौलिक गीत मोशन पिक्चरको उपाधि जितेको छ । फिल्ममा जुनियर एनटीआर र रामचरण मुख्य भूमिकामा थिए। यो गीत पनि उनीहरु दुबैमाथि छायाँकन गरिएको छ ।

अमेरिकाको क्यालिफोर्नियामा ८० औँ गोल्डेन ग्लोब अवार्ड समारोह आयोजना भएको हो । यसपटकको अवार्ड समारोह भारतका लागि विशेष छ किनभने ‘आरआरआर’ दुई विधामा मनोनयन गरिएको छ । यो तेलुगु गीत एमएम किरावानीले कम्पोज गरेका हुन् भने यसको शब्द चन्द्रबोसले लेखेका हुन् । गीतमा राहुल सिपलीगञ्ज र काल भैरवले स्वर दिएका छन् ।

आरआरआर उत्कृष्ट गैर-अङ्ग्रेजी चलचित्र विधामा पनि मनोनीत भएको छ। गोल्डेन ग्लोब जितेको गीत ‘ओरिजिनल सङ’ विधामा प्रतिष्ठित एकेडेमी अवार्डका लागि पनि प्रतिस्पर्धामा छ । सर्टलिस्ट गरिएका गीतहरूको सूची हालै सार्वजनिक भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप