राजनीति
कर्णालीको मुख्यमन्त्रीमा माओवादीका शर्माको दाबी पेस
बुधबार, २७ पुस २०७९, १६ : ४९

सुर्खेत । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रका राजकुमार शर्मा (आर्ट)ले दाबी पेस गरेका छन् । शर्माले बुधबार प्रदेश प्रमुख तिलक परियार समक्ष मुख्यमन्त्रीमा आफ्नो दाबी पेस गरेका हुन् ।
शर्मालाई २५ सांसदको समर्थन रहेको छ । माओवादीका १३, एमालेका १०, राप्रपाका १, समाजवादीको १ गरी २५ सांसदको समर्थनमा उनले मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् । प्रदेश प्रमुखको कार्यालयले उनलाई आजै मुख्यमन्त्रीमा नियुक्त गर्ने छ ।
योसँगै शर्मा कर्णालीको तेस्रो मुख्यमन्त्री बनेका छन् । माओवादीको पोलिटब्यूरो सदस्य समेत रहेका शर्मा रुकुम पश्चिम (ख) बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए । उनी पहिलो पटक संसदीय राजनीतिमा प्रवेश गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिलीमा ७.५ म्याग्निच्यूडको भूकम्पपछि सुनामीको चेतावनी
-
कोशी प्रदेशमा लगानी सम्मेलन : एक खर्ब ५२ अर्बको सम्झौता
-
खुले सामुदायिक विद्यालय, भर्ना अभियान र पठनपाठन सुरू
-
धवलागिरि चढ्ने आरोही आधार शिविर पुगे
-
अब ‘टेलिचलचित्र’ पनि सेन्सर गर्नुपर्ने
-
१० बजे, १० समाचार : नीति तथा कार्यक्रम सार्वजनिक, भारतले एमालेभन्दा कांग्रेसलाई किन दियो महत्व ?