समाचार
सुदूरपश्चिम प्रदेश : मुख्यमन्त्रीका लागि एमालेका राजेन्द्र रावलले दाबी पेस गर्दै
बुधबार, २७ पुस २०७९, १६ : ५०
कैलाली । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री बन्न नेकपा एमाले प्रदेशसभा संसदीय दलका नेता राजेन्द्र रावलले दाबी पेस गर्ने भएका छन् । केहीबेर अघि एमाले, माओवादी केन्द्र र नागरिक उन्मुक्ति पार्टी सहितको गठबन्धनले एमाले नेतृत्वमा प्रदेश सरकार गठनका लागि सहमति जुटाएको हो । केन्द्रको गठबन्धन अनुसार नै प्रदेशमा पनि सरकार बनाउने विषयमा सहमति जुटेको बताइएको छ ।
यसअघि नागरिक उन्मुक्ति पार्टीलाई कांग्रेसले पनि मुख्यमन्त्री पदसहित सरकार गठनका लागि प्रस्ताव गरेको थियो । सुदूरपश्चिम प्रदेश सरकार गठनका लागि निर्णायक भूमिका रहेको नागरिक उन्मुक्ति पार्टीकै अलमलका कारण एमालेका रावलले प्रदेश प्रमुख समक्ष दाबी पेस गर्न सकेका थिएनन् । तर, केहीबेर अघि सत्तारुढ गठबन्धनभित्र सहमति जुटेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
-
पुष्पलालको वैचारिक मार्गदर्शनमा कम्युनिस्ट आन्दोलनको पुनर्गठन
-
‘बफर’ कोटाको रसायनिक मल वितरण सुरु
-
पुष्पलालका योगदान आज पनि उत्तिकै प्रेरणादायी छन् : माधव नेपाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण