शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कर्णालीमा एमाले–माओवादीबीच लिखित सहमति : १ मन्त्रालय घटाउने, मुख्यमन्त्री साझा, ३–३ मन्त्रालय बाँडफाँट

बुधबार, २७ पुस २०७९, १८ : ०७
बुधबार, २७ पुस २०७९

सुर्खेत । कर्णालीमा नेकपा (माओवादी केन्द्र) र नेकपा एमालेबीच सत्ता सञ्चालनको लागि चार बुँदे सहमति भएको छ । सहमतिपश्चात माओवादी संसदीय दलका नेता राजकुमार शर्माले मुख्यमन्त्री नियुक्त भइसहेका छन् ।  लिखित सहमति पत्रमा प्रदेश सरकारको नेतृत्व आलोपालो गर्ने निर्णय पहिलो बुँदामा उल्लेख गरिएको छ । पत्रमा भनिएको छ,‘सरकारको नेतृत्व आलोपालोको नियमानुसार पहिलो चरणमा नेकपा (माओवादी केन्द्र) र दोस्रो चरणमा नेकपा एमाले ले गर्ने सहमति भयो ।’ 

यस्तै अहिले भएको मन्त्रालयको संख्या घटाउने सहमति भएको छ । अहिले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित ८ वटा मन्त्रालय रहेको छ । जसमा एउटा मन्त्रालय घटाउने सहमति भएको छ । यद्यपि मन्त्रालय भने उल्लेख गरिएको छैन । यसअघि पनि ७ मन्त्रालय रहेकोमा पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सत्ता समीकरणमा भागवण्डा मिलाउनका लागि भौतिक पूर्वाधार मन्त्रालय फुटाएर उर्जा तथा जलस्रोत मन्त्रालय बनाएका थिए । अहिले पनि उक्त मन्त्रालय नै हटाइने छ ।

यस्तै मन्त्रालय विभाजनको विषयमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित चार माओवादी र तीन मन्त्रालय एमालेले पाउने निर्णय भएको छ । ७ मन्त्रालय भएपछि मुख्यमन्त्री साझा र बाँकी ३/३ मन्त्रालयको विभाजन गरिएको हो । यस्तै निर्णय गर्न बाकी रहेका विषयहरुमा अर्को बैठकबाट निर्णय गरि अगाडि बढ्ने सहमति भएको छ ।

karnali1

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप