‘आधुनिक नेपालको जग बलियो भएकै कारण नेपालीले गर्वका साथ बाँच्न पाएका छन्’
पाँचथर । पृथ्वीनारायण शाहको नेतृत्वमा निर्माण भएको आधुनिक नेपालको जग बलियो भएकै कारण नेपाली भएर गर्वका साथ बाँच्न पाएको वक्ताहरूले बताएका छन् ।
सबैको भावना र अस्तित्व समेटेर सम्पन्न भएको देश निर्माणको क्रमबारे अन्यथा साँच्नु निरर्थक हुने विभिन्न राजनीतिक दल तथा संघसंस्थाका नेता तथा प्रतिनिधिहरूले बुधवार बताए ।
३०१ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा राप्रपा पाँचथर जिल्ला कार्य समितिद्वारा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै प्रवक्ता सगुन सुन्दर लावतीले नेपाल एकीकरणले भूगोल मात्र नभएर नेपाल र नेपालीको आम भावना समेटेको बताए ।
‘सैन्य रणनीति, कूटनीति र सहअस्तित्व बोधका धरातलमा सम्पन्न नेपाल एकीकरणले भूगोल मात्र नभएर नेपाल र नेपालीको आम भावना समेटेको छ । मन, मस्तिष्क र भावनाको एकता नभएको भए, आधुनिक नेपाल अहिलेसम्म कसरी एकजुट रहन सक्थ्यो होला,’ लावतीले भने ।
हालसम्मकै सबैभन्दा बृहत सामाजिक, राजनीतिक परिवर्तन र रूपान्तरण पृथ्वीनारायण शाहको नेतृत्वमा प्राप्त भएको भन्दै राप्रपाका नेता लावतीले भने, ‘शान्ति, समृद्धि र समावेशीकरणको नारा र लक्ष्य लिएका पछिल्ला परिवर्तनहरूले बरु सबै नेपालीको भावना र आकांक्षा एकीकृत गर्न, सम्बोधन गर्न सफल भएन ।’
लावतीले नेपाली एकीकरणकै क्रममा लिम्बुवानका शासक र गोर्खा राज्यबीच सहअस्तित्वको आधारमा किपटलगायत अन्य अधिकारका सम्मान गर्दै सन्धि सम्झौता भएको स्मरण गरे ।
राप्रपाका केन्द्रीय सदस्य मानदेव केरुङले पृथ्वी जयन्तीको दिन बिदा दिने राज्यको निर्णयलाई स्वागत गर्दै शाहका दिव्योपदेश आज पनि उत्तिकै सान्दर्भिक रहेको बताए ।राप्रपाका केन्द्रीय सल्लाहकार सदस्य राजकुमार जोशीले विदेशी हस्तक्षेप बढिरहेको वर्तमान अवस्थामा नेपाल निर्माता पृथ्वीनारायण शाहका ‘नेपाल दुई ढुंगा बीचको तरुल हो’ भन्ने दिव्य विचार अनुकूल असंलग्न परराष्ट्र नीति व्यवहारमा अक्षरशः पालना गर्नु पर्ने बताए ।
नेपाली कांग्रेसका जिल्ला सचिव दिपक नेपाल, नेकपा माओवादी केन्द्रका जिल्ला नेता लालबहादुर गुरुङ, नेकपा एकीकृत समाजवादीका जिल्ला सचिव प्रेम रिजाल, नेकपा मालेका केन्द्रीय सल्लाहकार लय बाँस्कोटा, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका जिल्ला अध्यक्ष चन्द्र आङदेङवे, प्रमुख जिल्ला अधिकारी गणेश गैरे तथा उद्योग वाणिज्य संघका अध्यक्ष नवराज घिमिरेले पृथ्वी जयन्तीको महत्त्वबारे प्रकाश पार्दै खुला हृदयका साथ राष्ट्रिय एकता दिवस मनाउनु पर्ने धारणा राखे ।
कार्यक्रमका अध्यक्ष राप्रपा पाँचथर जिल्ला कार्य समितिका अध्यक्ष कमल बहादुर चेम्जोङले आगामी दिनमा राष्ट्रिय एकतालाई केन्द्रमा राखेर जिल्ला जिल्लामा सरकारको तहबाट पृथ्वी जयन्तीलाई राष्ट्रिय पर्वको रूपमा मनाउने क्रम आरम्भ हुनेछ भनेर शुभेच्छा व्यक्त गरे । शुभकामना आदानप्रदान कार्यक्रममा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका जिल्ला प्रमुखहरू र नेपाल पत्रकार महासंघका प्रतिनिधिहरूको समेत उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वार्षिक १३ अर्ब खर्च हुँदा पनि प्रभावहीन बनेका तालिम रोक्न मन्त्रालयले स्थानीय तहलाई पत्राचार गर्ने
-
बागमती सरकारबाट एमालेका मन्त्रीले राजीनामा दिने
-
शिक्षामन्त्रीसँग जापानी राजदूतको शिष्टाचार भेटवार्ता
-
५० प्रतिशत काम सकिएका लामो समयदेखि अलपत्र आयोजनामा म्याद थपका लागि बाटो खुला
-
तस्करलाई सघाएको आशंकामा सशस्त्रका दुई डीएसपीसहित ११ जनामाथि छानबिन
-
तस्बिरमा हेर्नुहोस् जगन्नाथ रथयात्रा महामहोत्सव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण