शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

स्पेनिस सुपर कप : रियल फाइनलमा प्रवेश

बिहीबार, २८ पुस २०७९, ०७ : ४३
बिहीबार, २८ पुस २०७९

रियल मड्रिड स्पेनिस सुपर कपको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा भ्यालेन्सियालाई पेनाल्टी सुटआउटमा ४–३ गोलले हराउँदै  साविक विजेता रियल फाइनलमा पुगेको हो ।

किङ फाद स्टेडियम साउदी अरेबियामा भएको खेल निर्धारित समयमा १–१ को बराबरी सकिँदा त्यसपछि अतिरिक्त समयमा पनि कुनै गोल निस्कन नसकेपछि खेल पेनाल्टी सुटआउटमा पुगेको हो ।

पेनाल्टीमा रियलले भने बाजी मार्न सफल भयो । रियलका लागि करिम बेन्जेमा, लुका मोड्रिच, टोनी क्रुस र मार्काे एसेन्सियाले गोल गरे । भ्यालेन्सियाका इडिन्सन काभानी, इलेक्स मोरिवा र ह्युगो गुइलामोनले गोल गरे । इरे कमर्ट र जोश गायाले गोल गर्न सकेनन् ।

त्यसअघि खेलको ३९औं मिनेटमा बेन्जेमाले पेनाल्टीमा गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । यता स्यामुइल डियास लिनोको गोलमा भ्यालेन्सियाले खेलको ४६औं मिनेटमा खेल बराबरीमा ल्यायो ।

अब रियलले उपाधिका लागि बार्सिलोना र रियल बेटिसबीचको विजेतासँग खेल्ने छ। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप