स्पेनिस सुपर कप : रियल फाइनलमा प्रवेश
रियल मड्रिड स्पेनिस सुपर कपको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा भ्यालेन्सियालाई पेनाल्टी सुटआउटमा ४–३ गोलले हराउँदै साविक विजेता रियल फाइनलमा पुगेको हो ।
किङ फाद स्टेडियम साउदी अरेबियामा भएको खेल निर्धारित समयमा १–१ को बराबरी सकिँदा त्यसपछि अतिरिक्त समयमा पनि कुनै गोल निस्कन नसकेपछि खेल पेनाल्टी सुटआउटमा पुगेको हो ।
पेनाल्टीमा रियलले भने बाजी मार्न सफल भयो । रियलका लागि करिम बेन्जेमा, लुका मोड्रिच, टोनी क्रुस र मार्काे एसेन्सियाले गोल गरे । भ्यालेन्सियाका इडिन्सन काभानी, इलेक्स मोरिवा र ह्युगो गुइलामोनले गोल गरे । इरे कमर्ट र जोश गायाले गोल गर्न सकेनन् ।
त्यसअघि खेलको ३९औं मिनेटमा बेन्जेमाले पेनाल्टीमा गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । यता स्यामुइल डियास लिनोको गोलमा भ्यालेन्सियाले खेलको ४६औं मिनेटमा खेल बराबरीमा ल्यायो ।
अब रियलले उपाधिका लागि बार्सिलोना र रियल बेटिसबीचको विजेतासँग खेल्ने छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालेनको ‘ब्रेकविहीन’ शासनको मोहले दम्भपूर्ण नेतृत्वतर्फ सङ्केत गर्दैछ
-
धरान औद्योगिक क्षेत्रमा पाँच नयाँ उद्योग थपिए
-
सुशासनमा बालेन सरकारका सय दिन
-
भेरी करिडोर : पुल र सडक कहिले होलान् पूरा ?
-
पर्वतको महाशिला: इतिहास र भूगोलको कुरा
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा धेरै भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण