प्रधानमन्त्रीसँग बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेलको भेट, प्रदेश सरकार विस्तारबारे छलफल
बिहीबार, २८ पुस २०७९, ०९ : ०६
बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा प्रदेश सरकार विस्तार र समसामयिक राजनीतिक घटनाक्रमका विषयमा छलफल भएको बालुवाटार स्रोतले जानकारी दियो ।
मुख्यमन्त्री जम्कट्टेलले सत्ता गठबन्धनको सहयोगमा प्रदेश सरकार विस्तारको तयारीमा जुटेका छन् । प्रदेशमा एमालेबाट जगन्नाथ थपलिया र राप्रपाबाट उद्धव थापा सरकारमा सहभागी भएका छन् ।
थपलियाले प्रदेशको अर्थ मन्त्रालय सम्हालेका छन् भने थापालाई विभागीय जिम्मेवारी तोकिएको छैन । गठबन्धनमा प्याकेजमै सहमति जुटाएपछि मात्र मन्त्री र जिम्मेवारी तोक्ने तयारीमा जम्कट्टेल रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
-
सरकार बनाउनका लागि केन्द्रको निर्णय कुर्दै खगराज भट्ट
-
कांग्रेसको ‘एनसी फर एनसी’ अभियानमा के–के गर्नुपर्छ कार्यकर्ताले ?
-
करदातालाई दपेटेर होइन, खुसी पारेर कर उठाउनुस् : अर्थमन्त्री वाग्ले
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण