‘छोरी–२’ को एक्सन सुटिङमा अभिनेत्री नुसरत घाइते
बिहीबार, २८ पुस २०७९, १४ : ११
मुम्बई । अभिनेत्री नुसरत भरुचा घाइते भएकी छन् । फिल्म ‘छोरी–२’ को सुटिङका क्रममा उनी घाइते भएकी हुन् । फिल्मको एक्सन दृश्य सुटिङको क्रममा घाइते उनको अनुहार र हातमा चोट लागेको छ । फिल्मकी सह–अभिनेत्री इशिता राजले सामाजिक सञ्जालमा एक भिडियो सार्वजनिक गरेकी छन् ।
जसमा उनको अनुहारमा टाँका लागेको देखिन्छ । सुटिङका क्रममा उनी घाइते भएको यो पहिलो भने होइन । यसअघि पनि उनी घाइते भएकी थिइन् ।
नुसरतको फिल्म ‘छोरी’ सन् २०२१ मा ओटीटीमा रिलिज भएको थियो । फिल्मले फ्यानबाट निकै राम्रो प्रतिक्रिया पाएको थियो । फिल्मको सफलता देखेर निर्माताले २०२१ मा नै दोस्रो भागको घोषणा गरेका थिए । ‘छोरी २’ बाहेक नुसरत ‘सेल्फी’ र ‘अकेली’ नामक फिल्ममा पनि देखिनेछिन् । -दैनिक भास्कर
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जारी विश्वकपमा पहिलो पटक मैदान छिरे नेयमार, ब्राजिल ३–० ले अगाडि
-
बिहीबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
एटलान्टामा मोरक्को र हाइटीको सनसनीपूर्ण प्रदर्शन, पहिलो हाफमै ४ गोल
-
भिनिसियस चम्किँदा स्कटल्याण्ड विरुद्ध ब्राजिललाई पहिलो हाफमा अग्रता
-
भिनिसियस जुनियरको जारी विश्वकपमा ‘थ्री आउट अफ थ्री’ को सानदार रेकर्ड
-
दिगो कृषि तथा खाद्य प्रणालीसम्बन्धी राष्ट्रिय सम्मेलन चितवनमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण