मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

कर्णालीका नवनियुक्त मुख्यमन्त्री शर्माले लिए पद तथा गोपनीयताको शपथ

बिहीबार, २८ पुस २०७९, १६ : ३६
बिहीबार, २८ पुस २०७९

सुर्खेत । कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजकुमार शर्मा ९आर्ट० ले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनलाई प्रदेश प्रमुख तिलक परियारले शपथ खुवाएका हुन्।

माओवादी संसदीय दलका नेता शर्मा बुधबार नेपालको संविधानको धारा १६८ को उपधारा ९२० बमोजिम मुख्यमन्त्रीमा नियुक्त भएका थिए । उनलाई नेकपा एमाले, राप्रपा र एकीकृत समाजवादीको समर्थनले समर्थन गरेको छ ।

यस्तै आजै मुख्यमन्त्री शर्माले एमालेबाट र माओवादीबाट १र१ जनालाई मन्त्रीमा नियुक्त, गर्ने तयारी गरेका छन् ।  एमालेबाट विनोद कुमार शाह र माओवादीबाट  मुगुका मंगल शाही मन्त्री बन्ने भएका छन् । उनीहरू दुवै जना बिना विभागीय मन्त्री बन्दै छन् । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप