बिहीबार, ११ असार २०८३
ताजा लोकप्रिय

सिमी ग्रेवालको अधुरो प्रेम कथा, न चल्यो विवाह, न भेटिन् प्रेम : आजकाल कहाँ छिन् ?

बिहीबार, २८ पुस २०७९, १६ : ४८
बिहीबार, २८ पुस २०७९

दिग्गज अभिनेत्री सिमी ग्रेवाललाई नचिन्ने खासै कोही नहोलान् । उनको पर्सनालिटी र औराले रोयल फिल दिन्छ । सिमी अहिले स्क्रिनमा देखिन्नन् तर आज पनि उनको तगडा फ्यान फलोविङ छ । सिमीको सादगी, डिसेन्सीले उनलाई अरुभन्दा भिन्न देखाउँछ । वर्षौँपछि सिमी रियालिटी शो बिग बोसमा कमब्याक गर्दैछिन् । अबको एपिसोडमा वर्षौँपछि सिमी रेन्डेभे पिद सिमी ग्रेवाल होस्ट गर्नेछिन् ।

सिमी ग्रेवाललाई बिग बोसको प्लेटफर्ममा प्रतियोगीसँग प्रश्नोत्तर गरिरहेको हेर्नका लागि उत्साहित छन् । सिमीलाई शोमा हेर्नुभन्दा अघि उनीबारे थप केही जानकारी लिऔँ र उनको नीजि जीवनका केही रोचक पक्ष जानौँ । सिमी फिल्मभन्दा बढी आफ्नो प्रेम जीवनका लागि चर्चामा रहिन् । नायिका प्रेममा त परिन् तर उनको प्रेम बीचमा नै टुङ्गियो । सिमीले विवाह पनि गरिन् तर त्यो पनि टुट्यो ।

सिमी ग्रेवालको जामनगरका महाराजासँगको सम्बन्ध चर्चामा रह्यो । १७ वर्षको उमेरमा सिमी पहिलो पटक प्रेममा परिन् । उनी आफ्ना छिमेकी जामनगरको महाराजाको प्रेममा परिन् । किशोरावस्थामा भएको यो उनको प्यासोनेट अफेयर थियो । तीन वर्षसम्म उनको सम्बन्ध चल्यो ।

महाराजाले सिमीलाई स्पोर्टस्, खाना र जनावरको अद्भूत दुनियाँ देखाए । आफ्नो प्रेमका लागि सिमीले क्रेजी चिज पनि गर्न थालिन् । बिस्तारै यो सम्बन्ध अब्सेसिभ हुँदै गयो र दुबैको सम्बन्ध खराब हुन थाल्यो । महाराजा सिमीका लागि निकै पोजेसिव भएका थिए । अन्त्यमा यो सम्बन्ध ब्रेकअपमा टुङ्गियो ।

सिमी ग्रेवालको नाम चर्चित व्यापारी टायकून रतन टाटासँग पनि जोडियो । यी दुईबीच निकै सुन्दर सम्बन्ध थियो । एक अन्तरवार्तामा सिमी ग्रेवालले रतन टाटाको असाध्यै तारिफ गरेकी थिइन् । उनलाई परफेक्सनिस्ट, जेन्टलम्यान बताएकी थिइन् । सेन्स अफ ह्युमरको तारिफ गरिन् ।

सिमीको नाम पूर्व क्रिकेटर मंसुर अली खान पटौदीसँग पनि जोडिएको थियो । सिमीको यो प्रेम पनि अधुरै रह्यो । शर्मिलालाई टेगोरले भेटेपछि मंसुरले सिमी ग्रेवालसँग सम्बन्ध तोडेको पनि बताइन्छ ।

सन् १९७० मा सिमी ग्रेवालले व्यापारी रवि मोहनसँग विवाह गरिन् । त्यतिबेला उनी २७ वर्षकी थिइन् । विवाह अघि उनीहरु तीन महिना लङ डिस्टेन्स कोर्टशिप पिरियडमा रहे । दुबैको यो लङ डिस्टेन्स म्यारिज थियो । एक दशकसम्म उनीहरुको विवाह यसै गरी चल्यो । तर यस्तो समय यस्तो आयो कि उनीहरुको विवाहमा प्रेम नै समाप्त भयो । सन् १९७९ मा सिमीको सम्बन्धविच्छेद भयो । उनीहरुको यो विवाहबाट बच्चा छैन ।

सिमी ग्रेवाल ७५ वर्षकी भइन् । यो उमेरमा पनि उनी असाध्यै सुन्दर छिन् । उनी अहिले पनि जवान देखिन्छिन् ।

सिमीले थुप्रै ठूला फिल्ममा आबद्ध छिन् । यीमध्ये दो बदन, साथी, मेरा नाम जोकर, सिद्धार्थ, कर्ज समावेश छन् । उनको सेलिब्रिटी टक हो रेन्डेभे सबैभन्दा बढी चर्चित भइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप