अर्काको नाममा सवारी चालक अनुमतिपत्रको ट्रायल दिने नक्कली परीक्षार्थी पक्राउ
काठमाडौं । नक्कली परीक्षार्थी बनेर अर्काको नाममा सवारी चालक अनुमति पत्रको ट्रायल (प्रयोगात्मक परीक्षा) दिने एक जना बिहीबार पक्राउ परेका छन् ।
ट्राफिक प्रहरी वृत्त कमलपोखरीबाट प्रहरी निरीक्षक सागर घलेको कमाण्डमा खटिएको टोलिले काठमाडौंको बौद्ध दक्षिणढोकास्थित नेपाल ड्राइभिङ ट्रायल सेन्टरबाट हुम्ला घर भई हाल काठमाडौंको मण्डिखाटार बस्ने २२ वर्षीय महेश शाहीलाई पक्राउ गरेको हो ।
हुम्लाकै २४ वर्षीय पवन कुमार शाहीको नाममा दुईपाङग्रे सवारी साधनको ट्रायल दिँदै गरेको अवस्थामा फेला पारी महेशलाई ट्राफिक प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका उनलाई थप अनुसन्धानको लागि प्रहरी वृत्त बौद्ध पठाइएको छ ।
अर्काको नाममा झुक्याएर ट्रायल दिने प्रवृत्तिलाई रोक्नको लागी विशेष कडाइ गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले बताए ।
यसका साथै अर्कै व्यक्तिले परीक्षा दिएर सवारी चालक अनुमति पत्र निकाल्दा दक्ष चालकको कमी भई दुर्घटना समेत निम्तिने भएकोले ट्रायल सेन्टरहरूमा थप निगरानी बढाइएको समेत उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संघीय सांसद खत्रीमाथि खनिए बागमतीका मन्त्री थापा, विचाराधीन मुद्दालाई प्रभावित पार्ने प्रयास गरेको आरोप
-
ग्यास उद्योग संघका पूर्वअध्यक्ष घिमिरेको प्रस्ताव, ‘सक्नेलाई परल मूल्य, विपन्नलाई क्यासब्याक अनुदान’
-
सोलुखुम्बुमा भारतीय सहयोगमा गुम्बा भवनको शिलान्यास
-
अमेरिकामा एक अर्ब डलरभन्दा बढी व्यापारिक ठगी
-
‘आधा सिलिण्डरले खर्च दोब्बर भयो, सरकारले कुरा सुनेन’
-
आपूर्ति सहज बनाउन पुनः १४.२ केजीकै पूरा सिलिन्डर कार्यान्वयन : सचिव राउत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण