मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

दीपक मनाङेले भने– मुख्यमन्त्रीलाई विश्वासको मत दिन्नँ

बिहीबार, २८ पुस २०७९, २२ : १२
बिहीबार, २८ पुस २०७९

पोखरा । गण्डकी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री राजीव गुरूङ उर्फ दीपक मनाङेले मुख्यमन्त्री खगराज गुरूङलाई विश्वासको मत नदिने बताएका छन् ।  उनले बिहिबार फेसबुकमा स्टाटस् लेख्दै शुक्रबार हुने मुख्यमन्त्रीको विश्वासको मतमा आफूले विपक्षमा मतदान गर्ने बताएका हुन् ।  

मुख्यमन्त्री अधिकारीले प्रदेश प्रमुख पृथ्वीमान गुरूङसँग दाबी पेस गर्न जाँदा सांसद मनाङेको पनि समर्थन पाएका थिए । तर, उनले अधिकारी नेतृत्वले मन्त्री  नदिने संकेत पाएपछि विश्वासको मत नदिने अवस्थामा पुगेको उनी निकट श्रोतले बतायो । उनीसहित माओवादीका ८, राप्रपाका २ र एमालेका २२ गरी ३३ संसदको हस्ताक्षर लिएर मुख्यमन्त्री अधिकारीले दावी पेस गरेका थिए  ।

यस्तो छ फेसबुक स्टाटस् : 
गण्डकी प्रदेशमा एमालेबाट प्रस्तावित मुख्यमन्त्री माननीय खगराज अधिकारीले लिन गएको विश्वासको मतमा म मनाङ जिल्ला (ख) बाट निर्विरोध निर्वाचित प्रदेशसभा सांसद राजीव गुरुङ प्रतिपक्षमा बस्ने निर्णय गरेको छु । एमालेको २२, माओवादीको ८ र राष्ट्रिय प्रजातन्त्र पार्टीको २ मतबाट सरकार बनाउन आवश्यक बहुमत पुगेकोले सरकारमा जानुभन्दा प्रतिपक्षमा बसेर रचनात्मक काम गर्नु उचित ठानेको छु । धन्यवाद !!

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप