दीपक मनाङेले भने– मुख्यमन्त्रीलाई विश्वासको मत दिन्नँ
पोखरा । गण्डकी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री राजीव गुरूङ उर्फ दीपक मनाङेले मुख्यमन्त्री खगराज गुरूङलाई विश्वासको मत नदिने बताएका छन् । उनले बिहिबार फेसबुकमा स्टाटस् लेख्दै शुक्रबार हुने मुख्यमन्त्रीको विश्वासको मतमा आफूले विपक्षमा मतदान गर्ने बताएका हुन् ।
मुख्यमन्त्री अधिकारीले प्रदेश प्रमुख पृथ्वीमान गुरूङसँग दाबी पेस गर्न जाँदा सांसद मनाङेको पनि समर्थन पाएका थिए । तर, उनले अधिकारी नेतृत्वले मन्त्री नदिने संकेत पाएपछि विश्वासको मत नदिने अवस्थामा पुगेको उनी निकट श्रोतले बतायो । उनीसहित माओवादीका ८, राप्रपाका २ र एमालेका २२ गरी ३३ संसदको हस्ताक्षर लिएर मुख्यमन्त्री अधिकारीले दावी पेस गरेका थिए ।
यस्तो छ फेसबुक स्टाटस् :
गण्डकी प्रदेशमा एमालेबाट प्रस्तावित मुख्यमन्त्री माननीय खगराज अधिकारीले लिन गएको विश्वासको मतमा म मनाङ जिल्ला (ख) बाट निर्विरोध निर्वाचित प्रदेशसभा सांसद राजीव गुरुङ प्रतिपक्षमा बस्ने निर्णय गरेको छु । एमालेको २२, माओवादीको ८ र राष्ट्रिय प्रजातन्त्र पार्टीको २ मतबाट सरकार बनाउन आवश्यक बहुमत पुगेकोले सरकारमा जानुभन्दा प्रतिपक्षमा बसेर रचनात्मक काम गर्नु उचित ठानेको छु । धन्यवाद !!
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण