शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

प्रचण्डलाई मन्त्रिपरिषद् विस्तारमै सकस

शुक्रबार, २९ पुस २०७९, ०६ : ३५
शुक्रबार, २९ पुस २०७९

 प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई मन्त्रिपरिषद् विस्तारमा सकस परेसँगै सत्तारूढ दलसँग छलफलमा जुटेका छन् । यद्यपि, हिजो बिहीबार बस्ने भनिएको सत्तारूढ गठबन्धन बैठकसमेत हुन सकेन । सत्तारूढ दलबाट मन्त्री संख्या बढी र तोकेरै मन्त्रालय माग हुन थालेपछि प्रधानमन्त्री प्रचण्डलाई मन्त्रिपरिषद् विस्तारमा सकस परेको हो ।

एमाले अध्यक्ष केपी शर्मा ओलीसँग प्रधानमन्त्री निरन्तर छलफलमा छन् । गत १० पुसमा प्रधानमन्त्री नियुक्त प्रचण्ड विश्वासको मत पाएपछि मन्त्रिपरिषद् विस्तार तयारीमा थिए । तर, २६ पुसमा प्रतिनिधिसभाबाट विश्वासको मत पाए पनि मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन ।

विश्वासको मत पाएपछि बुधबार एमाले अध्यक्ष ओलीलाई भेट्न उनको निवास बालकोट पुगेका थिए । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा ओलीसँग उनले छलफल गरे ।

 मन्त्रिपरिषद् विस्तार, राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख, प्रदेश प्रमुख नियुक्तिलगायत विषयमा प्रधानमन्त्री प्रचण्डले एमाले अध्यक्ष ओलीसँग छलफल गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । यो समाचार राजधानी दैनिकमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप