बार्सिलोना स्पेनिस सुपर कपको फाइलनमा
रियल बेटिसलाई पेनाल्टी सुटआउटमा ४–२ ले हराउँदै बार्सिलोनाले स्पेनिस सुपर कपको फाइलनमा प्रवेश गरेको छ । अब, बार्सिलोनाले रियल मड्रिडसँगको जनवरी १६ मा उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।
किंग्स फहाद अन्तर्राष्ट्रिय स्टेडियममा निर्धारित र अतिरिक्त समयको खेल २–२ को बराबरी भएपछि विजेताको टुङगो पेनाल्टी सुटआउटमा भएको थियो ।
४०औं मिनेटमा स्ट्राइकर रोबर्ट लेवान्डोवस्कीले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । ७७औं मिनेटमा फिकिरको गोलमा बेटिस खेलमा फर्किएको थियो । ९३औं मिनेटमा अंशु फातीले गरेको गोलमा बार्सिलोनाले पुनः अग्रता लिएको थियो । एक सय एक मिनेटमा मोरोनले बेटिसलाई खेलमा फर्काएका थिए ।
पेनाल्टी सुटआउटमा बार्सिलोनाका फाती, लेवान्डोवस्की, फ्रयांक केइसी र पेड्रीले गोल गरे भने बेटिसका जस र मोरोनले मात्र गोल गरे । योआन्मी र कार्भाहालोले प्रहार बार्सिलोनाका गोलरक्षक मार्क टेर स्टेगेनले रोकेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई सातामा चार चलचित्र प्रदर्शन हुँदै
-
सामाजिक सञ्जाल : वर्चस्व, सशक्तीकरण र प्रतिरोधको नयाँ साधन
-
फिल्म ‘गाउँ आएको बाटो’ नेपाल अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा प्रिमियर हुने
-
कम्युनिस्ट आन्दोलनका चर्चित यी ६ पात्र के गर्दैछन् ?
-
खोटाङमा पनि बालबालिकालाई पोलियोविरुद्धको खोप लगाइँदै
-
राजनीति फोहोरी खेल होइन, स्वार्थ बोकेका व्यक्ति फोहोरी हुन् : सुहाङ नेम्वाङ