शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रहरीले पक्राउ गरेपछि ब्ल्याक लाइभ्स म्याटरकी सह–संस्थापकका आफन्तको मृत्यु

शुक्रबार, २९ पुस २०७९, १० : २६
शुक्रबार, २९ पुस २०७९

ब्ल्याक लाइभ्स म्याटरकी सह–संस्थापक प्याट्रिस कलर्सका आफन्त केनन एन्डरसनको प्रहरीबाट भागेको केही घण्टापछि मृत्यु भएको छ । किनन एन्डर्सनलाई रोक्नका लागि लस एन्जलिस प्रहरीले टेजर गनको प्रयोग गरेको थियो ।  

यो बन्दुकको प्रयोगले हल्का बिजुली झटका लगाउँछ जसले पुलिसलाई कसैलाई रोक्न मद्दत गर्दछ । यो घटना जनवरी ३ को हो । ३१ वर्षीय केनन एन्डरसन शिक्षक थिए । उनका छोराछोरी पनि छन् । उनको सान्ता मोनिका सहरको अस्पतालमा मृत्यु भएको हो ।

लस एन्जलस पुलिस विभागले जनवरी ३ को शरीरमा राखिएको क्यामराको फुटेज जारी गरेको छ । यसमा एन्डर्सले बारम्बार जान दिनका लागि बोलिरहेका छन् र अधिकारीले उनलाई पक्राउ गरेका छन् । बीचमा उनले यो पनि भने, ‘उनीहरुले मलाई जर्ज फ्लोयड बनाउन चाहन्छन् ।’

सन् २०२० मा अफ्रिकी मूलका जर्ज फ्लोयडको प्रहरीद्वारा समातिएपछि मृत्यु भएको थियो । सार्वजनिक भएको भिडियोमा एक प्रहरी अधिकारीले जर्ज फ्लोयडको घाँटी घुँडाले थिचिरहेको देख्न सकिन्छ, त्यसपछि उनको मृत्यु भयो ।

यस घटनापछि, त्यहाँ अत्यधिक विरोध प्रदर्शन भए र ब्ल्याक लाइभ्स म्याटर अभियान सुरु भयो ।

एन्डरसन वाशिंगटन डीसीका निवासी थिए र लस एन्जलस आएका थिए । नशाको परीक्षणमा उनको रगतमा ड्रग्स पाइएको छ ।

प्रहरी प्रमुख माइकल मूरले एन्डरसन बुधबार सडक दुर्घटनामा संलग्न भएको पाइएको जानकारी दिए । तर, उनले घटनास्थलबाट भाग्न र अनुमतिबिना अर्काको गाडीमा छिर्ने प्रयास गरेका थिए ।

सुरुमा, एन्डरसन पुलिसले भने अनुसार नै तल बसे तर जब धेरै पुलिस आए, उनी उठेर भाग्न थाले । उनलाई पक्राउ गर्न प्रहरीले टेजर बन्दुकको प्रयोग गरेको थियो ।

प्रहरीका अनुसार उनलाई टेजर गन प्रयोग गरेको पाँच मिनेटपछि एम्बुलेन्स आइपुग्यो र उनलाई स्थानीय अस्पताल लगियो । तर हृदयाघात आएका कारण साढे चार घण्टापछि उनको मृत्यु भयो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप