चितवनमा मिनि ट्रकको ठक्करबाट एक जनाको मृत्यु
शुक्रबार, २९ पुस २०७९, १७ : ३३
चितवन । चितवनको रत्ननगरमा मिनि ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार रत्ननगर नगरपालिका १० बस्ने २२ वर्षीय अमित महतोको घटनास्थलमै मृत्य भएको हो ।
मोटरसाइकल पछाडि सवार रत्ननगर नगरपालिका १० का २७ वर्षीय विश्वास महत्तो गम्भीर घाइते भएका छन् । महत्तोलाई उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुर पुर्याइएको चितवन प्रहरीले जनाएको छ ।
शुक्रबार दिउँसो १२:२० बजे रत्ननगर नगरपालिका १२ जमुनापुरबाट बकुलहर जाँदै गरेको ना. ४२ प.४४५३ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आएको ना.४ ख.५३०१ नम्बरको मिनि ट्रकले ठक्कर दिएको थियो ।
दुबै सवारी साधन र ट्रक चालकलाई इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीले नियन्त्रणमा लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशनको उद्घाटन सत्रबाट रवि र बालेनले दिएका सन्देश
-
पार्टीमा विवाद नभएको सन्देश दिने रवि–बालेनको प्रयास
-
राहुघाट जलविद्युत् आयोजना : सुरुङमा पानी भर्न थालियो
-
लुम्बिनीका विद्युतीय बसः अन्य विमानस्थलमा सेवा सुरु, भैरहवामा भने अझै अलपत्र
-
आँप महोत्सव सम्पन्न : मुख्यमन्त्रीको प्रतिबद्धताले हौसिए किसान
-
एकै विश्वकप दिवसमा डच राजपरिवारका लागि दोहोरो ठुलो सफलता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण