थारू आयोगबाट थारू रत्न र थारू गौरव पुरस्कारको घोषणा
काठमाडौ. । थारू समुदायका लागि विशिष्ट योगदान गर्ने विभिन्न व्यक्तित्वलाई थारू आयोगबाट थारू रत्न र थारू गौरव पुरस्कारको घोषणा गरिएको छ ।
पहिलो पटक दिन थालिएको यी दुबै पुरस्कार पाउनेहरुको नाम एक कार्यक्रमको आयोजना गरी शुक्रबार सार्वजनिक गरिएको छ ।
यस क्रममा चार जना थारू रत्न पुरस्कारबाट सम्मानित हुने भएका छन् । भाषा साहित्यतर्फ थारू संस्कृतिविद् महेश चौधरी तथा स्वास्थ्य विधातर्फ भेरी अस्पतालका डा राजन पाण्डे रहेका छन् । चौधरी थारु भाषाको पहिलो पत्रिका गोचाली (२०२८) का संस्थापक प्रधान सम्पादक हुन् भने डा पाण्डेले खास गरी थारु समुदायमा देखिएको सिकलसेल एनिमिया रोगको पहिचान गरेका थिए ।
त्यस्तै, सामाजिक अभियन्ता एवं अनुसन्धानकर्ता भुलाई चौधरी र महिला सशक्तीकरणअन्तर्गत सुनसरी, दुहवीस्थित फरवार्ड माइक्रो फाइनान्स वित्तीय संस्थालाई थारू रत्न पुरस्कार दिने भएको छ । भुलाई चौधरीको विभिन्न पुस्तक प्रकाशित छन् । फरवार्ड माइक्रो फाइनान्स एमाले सांसद भगवती चौधरीको हो ।
रातोपाटीकर्मी सर्वहारीलाई थारू गौरव पुरस्कार
त्यस्तै, थारू गौरव पुरस्कारअन्तर्गत ७ जना सम्मानित हुने भएका छन् । जसअन्तर्गत पत्रकारिता विधामा रातोपाटीकर्मी डा कृष्णराज सर्वहारी रहेका छन् । थारु समुदायकेन्द्रित लेख तथा पुस्तक लेखनमा संग्लग्न उनी अढाई दशकदेखि पत्रकारितामा छन् ।
त्यस्ते, खेल विधामा एथ्लेटिक्सकी जयरानी चौधरी, साहित्य विधामा बमबहादुर थारू, कृषि तथा पर्यटन विधामा कृषि पर्यटन तथा भिलेज रिसोर्ट एन्ड रिसर्च प्रालि, रुपन्देही, सामाजिक अभियन्ता पूर्वकमलरी उर्मिला चौधरी, गायकद्वय गीता चौधरी र राज कुश्मी रहेका छन् ।
छनौट भएकाहरूलाई विशेष समारोहमा पुरस्कार, सम्मान प्रदान गरिने आयोगका सदस्य भोला चौधरीले जानकारी दिए । थारू आयोगले आफ्नो चौथो वार्षिकोत्सवमा यी पुरस्कार प्रदान गर्ने तयारी गरेकोमा प्राविधिक कारणवश बल्ल घोषणा गर्न सकिएको आयोगका सदस्य चौधरीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
-
कांग्रेसको इतर समूहले राष्ट्रिय भेला कसरी गर्छ ? यस्तो छ तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण