पत्रपत्रिका
प्रदेशमा मन्त्रालयको सङ्ख्या घटाउन सुझाव
शनिबार, ३० पुस २०७९, ०६ : १३
सङ्घीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समितिले प्रदेशमा मन्त्रालयको सङ्ख्या घटाउन सुझाव दिएको छ। समितिले प्रदेशमा मन्त्रालय र मन्त्रीको सङ्ख्या बढोत्तरीले प्रशासनिक खर्चमा भएको वृद्धिलगायतका कारण आमजनतामा सङघीयताप्रतिको विश्वासमा कमी आएको भन्दै मन्त्रालयको सङ्ख्या कटौती गर्न सुझाव दिएको हो ।
समितिका संयोजक खिमलाल देवकोटाले राष्ट्रिय सभामा प्रतिवेदन पेस गर्दै मन्त्रालयको सङ्ख्या बढ्दा व्यवस्थाप्रति नै नकारात्मक धारणा प्रवाह भएको स्थितिमा प्रदेश मन्त्रीको सङ्ख्या न्यूनतम पाँच जनाभन्दा कम नहुने गरी कुल प्रदेश सभा सदस्यको १० प्रतिशतमा सीमित गर्नुपर्ने सुझाव दिएका हुन् । बैठकमा उनले प्रशासनिक र वित्तीय सङ्घीयता, संस्थागत संरचना, अन्तरतह समन्वय र सहकार्यलगायतका शीर्षकमा ९९ वटा सुझाव दिए । आजको गोरखापत्र दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण