कर्णालीमा सभामुखको निर्वाचन : नन्दा गुरुङ भर्सेस खड्ग पोखरेल
सुर्खेत । कर्णालीको सभामुखको लागि दुई जनाको उम्मेदवारी परेको छ। नेकपा एमालेबाट सांसद नन्दा गुरुङ र नेपाली कांग्रेसका खड्ग पोखरेलको उम्मेदवारी दर्ता भएको हो। प्रदेश सभाको कार्यालयका पुगेर सत्तारुढ गठबन्धनको तर्फबाट गरुङले उम्मेदवारी दर्ता गराउँदा पोखरेलले उनलाई टक्कर दिन उम्मेदवारी दर्ता गराएका हुन्।
सत्तारुढ दलबीच भएको भागबण्डामा कर्णाली प्रदेशको मुख्यमन्त्री र उप–सभामुख नेकपा माओवादी केन्द्र र सभामुख नेकपा एमालेको भागमा परेमा थियो । एमालेकी उम्मेदवार गुरुङको पक्षमा २५ जना सांसदको मत रहेको छ। उनलाई एमालेको १०, माओवादीको १३, राप्रपा र समाजवादीको १–१ मत रहेको छ।
कांग्रेस उम्मेदवार पोखरेलको पक्षमा १४ मत रहेको छ। यदि स्वतन्त्र सांसद देवेन्द्र बहादुर शाहीले उनलाई मत दिएपनि उनले चुनाव जित्ने अवस्था छैन। उम्मेदवार बनेका दुबै जना सुर्खेतका हुन् । पोखरेल प्नत्यक्षबाट निर्वाचित भएका हुन् भने गुरुङ समानुपातिक केटाबाट सांसद बनेकी हुन् । सभामुखको निर्वाचन आइतबार बिहान ११ बजे हुनेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् बिलमा भ्याट, ऊर्जामन्त्रीको निर्देशनपछि राजस्वसँग राय माग
-
भोजपुर नगरपालिका उपप्रमुख शेर्पालाई पदमुक्त गर्न एमालेको सिफारिस
-
प्रदेश सरकार सहकार्यका लागि एमाले र नेकपाबिच ३ बुँदे सहमति
-
सरकारको कार्यशैलीले राष्ट्रिय स्वाधीनता र लोकतन्त्र सङ्कटमा : नारायणकाजी श्रेष्ठ
-
प्रदेश सरकार गठनबारे एमाले र नेकपाबिच सहमति
-
डा.केसीका माग सन्दर्भमा संवादमार्फत यथाशीघ्र सहमतिमा पुग्न प्रतिबद्ध छौँ : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण