शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
राजनीति

कर्णालीमा सभामुखको निर्वाचन : नन्दा गुरुङ भर्सेस खड्ग पोखरेल

शनिबार, ३० पुस २०७९, १६ : ३०
शनिबार, ३० पुस २०७९

सुर्खेत । कर्णालीको सभामुखको लागि दुई जनाको उम्मेदवारी परेको छ। नेकपा एमालेबाट सांसद नन्दा गुरुङ र नेपाली कांग्रेसका खड्ग पोखरेलको उम्मेदवारी दर्ता भएको हो।  प्रदेश सभाको कार्यालयका पुगेर सत्तारुढ गठबन्धनको तर्फबाट गरुङले उम्मेदवारी दर्ता गराउँदा पोखरेलले उनलाई टक्कर दिन उम्मेदवारी दर्ता गराएका हुन्।

सत्तारुढ दलबीच भएको भागबण्डामा कर्णाली प्रदेशको मुख्यमन्त्री र उप–सभामुख नेकपा माओवादी केन्द्र र सभामुख नेकपा एमालेको भागमा परेमा थियो । एमालेकी उम्मेदवार गुरुङको पक्षमा २५ जना सांसदको मत रहेको छ। उनलाई एमालेको १०, माओवादीको १३, राप्रपा र समाजवादीको १–१ मत रहेको छ।

कांग्रेस उम्मेदवार पोखरेलको पक्षमा १४ मत रहेको छ। यदि स्वतन्त्र सांसद देवेन्द्र बहादुर शाहीले उनलाई मत दिएपनि उनले चुनाव जित्ने अवस्था छैन। उम्मेदवार बनेका दुबै जना सुर्खेतका हुन् । पोखरेल प्नत्यक्षबाट निर्वाचित भएका हुन् भने गुरुङ समानुपातिक केटाबाट सांसद बनेकी हुन् । सभामुखको निर्वाचन आइतबार बिहान ११ बजे हुनेछ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप