घनश्याम भुसाल अवसरवादी, अधैर्य : खतिवडा
राजनीतिक विश्लेषक डम्बर खतिवडाले घनश्याम भुसाललाई अवसरवादी र पार्टीबिना एकै छिन बस्न नसक्ने अधैर्य भएको टिप्पणी गरेका छन् । नेकपा एमाले छाडेर हालै नेकपा एकीकृत समाजवादी प्रवेश गरेका भुसालले वामपन्थी बौद्धिकताको कुनै भर हुँदैन भन्ने कथन पुष्टि गरेको बताएका हुन् ।
उनले लेखेका छन्, ‘वामपन्थी बौद्धिकताको कुनै भर हुँदैन- यो कथन कमरेड घनश्याम भुसालले पुन एक पटक पुष्टि गर्दिए।फुट्नु पर्ने बेला आँट नहुनु, १० बुँदाका नाममा उल्टै माधव नेपाललाई गाली गर्दै बस्नु, टिकटसम्म एमाले पर्खिनु, टिकट नपाएसी स्वतन्त्र उठ्नु, स्वतन्त्र उम्मेदवार उठेर गठबन्धनको समर्थन खोज्नु, माओवादीको महिमा मण्डन गर्दै भोट माग्नु र बेला न कुबेला अहिले अस्तित्व रक्षाका लागि छटपटाई रहेको, उपेन्द्र यादवसँग एकता गर्न प्रयासरत एकीकृत समाजवादी प्रवेश गर्नु अवसरवादको त हो नै, पार्टी बिना एक क्षण बस्न नसक्ने अधैर्य मानसिकताको पनि पराकाष्ठा हो।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रश्नपत्र चुहावट मुद्दामा फास्ट ट्र्याक अदालत बनाउने मोदीको घोषणा
-
‘बाँदर हेरालु’का लागि दरखास्त आह्वान, मासिक तलब साढे १२ हजार
-
नामिबियासँगको हार भुलाउने दाउमा नेपाल, आज नेदरल्यान्ड्सको कडा चुनौती
-
प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण