आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

घनश्याम भुसाल अवसरवादी, अधैर्य : खतिवडा

शनिबार, ३० पुस २०७९, १९ : ०६
शनिबार, ३० पुस २०७९

राजनीतिक विश्लेषक डम्बर खतिवडाले घनश्याम भुसाललाई अवसरवादी र पार्टीबिना एकै छिन बस्न नसक्ने अधैर्य भएको टिप्पणी गरेका छन् । नेकपा एमाले छाडेर हालै नेकपा एकीकृत समाजवादी प्रवेश गरेका भुसालले वामपन्थी बौद्धिकताको कुनै भर हुँदैन भन्ने कथन पुष्टि गरेको बताएका हुन् ।

उनले लेखेका छन्, ‘वामपन्थी बौद्धिकताको कुनै भर हुँदैन- यो कथन कमरेड घनश्याम भुसालले पुन एक पटक पुष्टि गर्दिए।फुट्नु पर्ने बेला आँट नहुनु, १० बुँदाका नाममा उल्टै माधव नेपाललाई गाली गर्दै बस्नु, टिकटसम्म एमाले पर्खिनु, टिकट नपाएसी स्वतन्त्र उठ्नु, स्वतन्त्र उम्मेदवार उठेर गठबन्धनको समर्थन खोज्नु,  माओवादीको महिमा मण्डन गर्दै भोट माग्नु र बेला न कुबेला अहिले अस्तित्व रक्षाका लागि छटपटाई रहेको, उपेन्द्र यादवसँग एकता गर्न प्रयासरत एकीकृत समाजवादी प्रवेश गर्नु अवसरवादको त हो नै, पार्टी बिना एक क्षण बस्न नसक्ने अधैर्य मानसिकताको पनि पराकाष्ठा हो।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप