शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

इन्टरको जित, मिलान बराबरीमा रोकियो

आइतबार, ०१ माघ २०७९, ०७ : १५
आइतबार, ०१ माघ २०७९

इन्टर मिलानले इटालियन सिरी ए फुटबलमा संघर्षपूर्ण जित निकालेको छ । शनिबार राति भएको खेलमा इन्टरले भेरोनामाथि १–० गोलको जित निकालेको हो ।

घरेलु मैदानमा इन्टरलाई जित दिलाउन लाउटारो मार्टिनेजले निर्णायक गोल गरे । उनले खेलको तेस्रो मिनेटमा गरेको गोलले नै इन्टरलाई जित दिलाउन प्रयाप्त बन्यो ।

जितसँगै इन्टरले लिगमा १८ खेल खेल्दै ३७ अंक जोडेको छ । इन्टर तालिकाको चौथो स्थानमा छ ।

यता ९ अंक जोडेको भेरोना तालिकाको १९औं स्थानमा छ । शनिबार नै भएको अर्काे खेलमा एसी मिलानले लेस्केसँग २–२ गोलको बराबरी खेलेको छ ।

बराबरीसँगै मिलान १८ खेलबाट ३८ अंक जोडेर तालिकाको दोस्रो स्थानमा छ । पराजित लेस्के २० अंक सहित तालिकाको १२औं स्थानमा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप