शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

एनभीए क्लब भलिबल च्याम्पियनसिपको उपाधि भिडन्त आज

आइतबार, ०१ माघ २०७९, ०७ : ५५
आइतबार, ०१ माघ २०७९

सातौँ संस्करणको एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको फाइनल खेल आज हुँदै छन् ।

आज महिला तथा पुरुष दुवैतर्फको फाइनल खेल हुनेछन् । त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा महिलातर्फको फाइनलमा न्यु डायमन्ड स्पोर्ट्स क्लब र नेपाल पुलिस क्लबबिच प्रतिस्पर्धा हुनेछ ।

दुई टोलीबीचको फाइनल खेल १२ बजे सुरु हुनेछ । त्यस्तै पुरुषतर्फको फाइनल खेले दिउँसो २ बजे हुनेछ ।

पुरुषतर्फको फाइनलमा त्रिभुवन आर्मी क्लब र हेल्प नेपालबीच प्रतिस्पर्धा हुनेछ ।महिलातर्फको तेस्रो स्थानका लागि बिहान १० बजे एपीएफ क्लब र आर्मी क्लबबिच प्रतिस्पर्धा हुनेछ ।

पुरुषतर्फ तेस्रो स्थानका लागि नेपाल पुलिस क्लब र एपीएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । यस खेल बिहान ८ बजे सुरु हुनेछ ।

पुरुष र महिला दुवै तर्फको च्याम्पियनले समान ४ लाख रुपैयाँसँगै उपाधि हात पार्नेछन् । दोस्रो हुनेले २ लाख र तेस्रो हुने टोलीले १ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

च्याम्पियनसिपको सर्वोत्कृष्ट खेलाडीले २५ हजार र हरेक विधा (स्पाइकर, सेटर, ब्लकर, सर्भर, डिफेन्स र प्रशिक्षक) ले जनही १० हजार रुपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै इन्टरनेट सेवा प्रदायक भाएनेटले प्रतियोगिताको विधागत उत्कृष्टलाई ३ महिना र सर्वोत्कृष्ट पुरुष र महिला खेलाडीलाई ६–६ महिनाको इन्टरनेट सेवा प्रदान गर्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप