सुर्खेतकी नन्दा गुरुङ बनिन् कर्णाली प्रदेशको सभामुख
सुर्खेत । सुर्खेतकी नन्दा गुरुङ कर्णाली प्रदेशको सभामुख बनेकी छन् । आइतबार भएको प्रदेशसभा सभामुखको निर्वाचनमा गुरुङले २४ मत प्राप्त गर्दै सभामुखमा निर्वाचित भएकी हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका खड्गबहादुर पोखरेलले १४ मत प्राप्त गरे । उनलाई कांग्रेसको १३ र नेकपा एकीकृत समाजवादीको १ मत प्राप्त भएको हो । एमालेकी गुरुङलाई एमालेको १०, नेकपा (माओवादी केन्द्र) को १३, र राप्रपाको १ मत प्राप्त भएको छ । ४० सदस्यीय सभामा ३८ जनाले भाग लिएका थिए। गुरुङ समानुपातिक कोटाबाट सांसद बनेकी हुन् ।
सत्तारुढ गठबन्धनको केन्द्रीय समीकरणले कर्णालीमा मुख्यमन्त्री माओवादी केन्द्र र सभामुख एमालेलाई भाग लगाएको थियो । सोही अनुसार एमालेले यो पटक महिला सांसदलाई सभामुखमा अघि सारेको हो । गुरुङ कर्णालीको दोस्रो सभामुख बनेकी हुन् । ०७४ मा दैलेखका राजबहादुर शाही प्रदेशको पहिलो सभामुख बनेका थिए । उनी एमाले प्रदेश कमिटी सदस्य हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् बिलमा भ्याट, ऊर्जामन्त्रीको निर्देशनपछि राजस्वसँग राय माग
-
भोजपुर नगरपालिका उपप्रमुख शेर्पालाई पदमुक्त गर्न एमालेको सिफारिस
-
प्रदेश सरकार सहकार्यका लागि एमाले र नेकपाबिच ३ बुँदे सहमति
-
सरकारको कार्यशैलीले राष्ट्रिय स्वाधीनता र लोकतन्त्र सङ्कटमा : नारायणकाजी श्रेष्ठ
-
प्रदेश सरकार गठनबारे एमाले र नेकपाबिच सहमति
-
डा.केसीका माग सन्दर्भमा संवादमार्फत यथाशीघ्र सहमतिमा पुग्न प्रतिबद्ध छौँ : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण