शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय
विमान दुर्घटना

९ एन–एएनसी हालसम्मकै ठूलो डोमेस्टिक दुर्घटना !

सन् २००६ देखि कुन दुर्घटनामा कतिले गुमाए ज्यान ?
आइतबार, ०१ माघ २०७९, १४ : १४
आइतबार, ०१ माघ २०७९

काठमाडौँ । हवाई उडानका लागि नेपाली आकाश सुरक्षित छैन भन्ने आरोप फेरि एक पटक पुष्टि हुन पुगेको छ । आइतबार बिहान १०ः ३० बजे काठमाडौंदेखि पोखराका लागि ६८ यात्रु बोकेर उडेको यती एयरलाइन्सको ९एन–एएनसी विमान गन्तव्यमा नपुग्दै दुर्घटनामा परेको छ ।

विमानमा  ४ जना चालक दलका सदस्य र ६८ जना यात्रु सवार थिए । दुर्घटनामा भएको मानवीय क्षतिकोे यकिन विवरण आइसकेको छैन । यदि विमानमा सवार ७२ जनाकै मृत्यु भएमा यो नै आन्तरिक उडानतर्फ हालसम्मकै ठूलो दुर्घटना हुनेछ । यसअघि १४ मार्च २०१८ मा बंगलादेशबाट नेपाल आएको युएस–बङ्गला एयरलाइन्सको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त हुँदा ५१ जनाको मृत्यु भएको थियो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार सन् १९६० यता मात्र नेपाली आकासमा झण्डै ६० वटा विमान दुर्घटनामा परिसकेका छन् । जसमध्ये ३५ वटा विमान त सन् २००६ यतामात्र दुर्घटनामा परेका छन् । जसमा ६१८ जना यात्रुले ज्यान गुमाएका छन् ।

सन् २००६ यताको दुर्घटना

मे २०२२ – पोखराबाट जोमसोम उडेको तारा एयरको विमान दुर्घटना, २२ जनाको मृत्यु

अप्रिल २०१९ – सोलुखुम्बु जिल्लाको लुक्ला विमानस्थलमा समिट एयरको विमान दुर्घटना, ३ जनाको मृत्यु (धावनमार्गको छेउमा रहेका दुईवटा हेलिकप्टरमा गएर ठोक्किँदा)

फेब्रुअरी २०१९ – ताप्लेजुङको पाथीभरा नजिक एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना, तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको मृत्यु (खराब मौसमका कारण)

सेप्टेम्बर २०१८ – गोरखाबाट काठमाडौं आउँदै गरेको अल्टिट्यूड एयरको हेलिकप्टर धादिङ र नुवाकोटको सीमामा दुर्घटना, एक जापानीसहित ६ जनाको मृत्यु

मार्च २०१८ – बङ्गलादेशबाट नेपाल आएको युएस–बङ्गला एयरलाइन्सको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त, ५१ जनाको मृत्यु

फेब्रुअरी २०१६ – पोखराबाट जोमसोम उडेको तारा एअरको विमान दुर्घटनाग्रस्त, २३ जनाको मृत्यु

मे २०१५ – भूकम्पपछिको राहत तथा उद्धार कार्यमा खटिएको अमेरिकी सेनाको हेलिकप्टर चरिकोटनजिकै दुर्घटनाग्रस्त, ६ अमेरिकी सैनिक, दुई नेपाली सेनाका अधिकारी र ५ जना सर्वसाधारण गरी १३ जनाको मृत्यु

जून २०१५ – सिन्धुपाल्चोकमा भूकम्पको राहत तथा उद्धारमा गएको डक्टर्स विदाउट बोर्डर्सले चार्टर गरेको हेलिकप्टर दुर्घटना, ४ जनाको मृत्यु

मार्च २०१५ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हुस्सुका कारण टर्किस एयरको विमान धावन मार्गबाट चिप्लियो, ४ दिन विमानस्थल बन्द

फेब्रुअरी २०१४ – पोखराबाट जुम्ला उडेको नेपाल वायुसेवा निगमको विमान अर्घाखाँचीमा दुर्घटना, १८ जनाको मृत्यु

सेप्टेम्बर २०१२ – काठमाडौंबाट लुक्ला उडेको सीता एअरको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलनजिकै दुर्घटना, १९ जनाको मृत्यु

मे २०१२ – भारतीय तीर्थयात्री बोकेर पोखराबाट जोमसोम उडेको अग्नि एयरको विमान जोमसोम विमानस्थलनजिकै दुर्घटना, १९ जनाको मृत्यु

सेप्टेम्बर २०११ – हिमालको दृश्यावलोकनक अर्थात् माउन्टेन फ्लाइटका लागि उडेको बुद्ध एअरको एउटा विमान काठमाडौं नजिकै कोत डाँडामा दुर्घटनाग्रस्त, नेपाली, भारतीय, र अन्य देशका नागरिकसहित १४ जनाको मृत्यु

डिसेम्बर २०१० – लामीडाँडाबाट काठमाडौं उडेको विमान ओखलढुङ्गामा दुर्घटना, २२ जनाको मृत्यु

अगस्ट २०१० – काठमाडौंबाट लुक्लातर्फ उडेको विमान दुर्घटना, १४ जनाको मृत्यु

अक्टोबर २००८ – लुक्ला विमानस्थलमा अवतरण गर्दै गरेको विमान दुर्घटना, १८ जनाको मृत्यु, एक घाइते

सेप्टेम्बर २००६ – सङ्खुवासभाको घुन्सामा श्री एयरको हेलिकप्टर दुर्घटना, २४ जनाको मृत्यु, (तत्कालीन वन तथा भूसंरक्षण राज्यमन्त्री गोपाल राई, संरक्षणविद् डा. हर्क गुरुङ, डा. सीबी गुरुङ, तीर्थमान मास्के लगायतको मृत्यु भएको)

सन् २०११ देखि हालसम्म दुर्घटनमा परेका विमानहरु

१४ मल्टिइञ्जिन विमान

१२ हेलिकप्टर

४ सिङ्गल इन्जिन विमान

३ मनोरञ्जन प्रयोजनका हलुका विमान

२ विदेशी विमान

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रयास श्रेष्ठ
प्रयास श्रेष्ठ

प्रयास श्रेष्ठले आर्थिक क्षेत्रमा कलम चलाउँछन् ।

लेखकबाट थप