वैदेशिक रोजगार व्यवसायी संघकाे निर्वाचनमा माओवादी र एकीकृत समाजवादीको प्यानल
काठमाडौँ । वैदेशिक रोजगार व्यवसायी संघकाे निर्वाचनमा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी निकट व्यवसायीहरू प्यानल बनाएर अघि बढ्ने भएका छन्। डा. ईश्वर जिसीको नेतृत्वमा दुवै पार्टीका रोजगार व्यवसायीहरू चुनावमा होमिएका हुन्। जिसीको नेतृत्वमा घोषणा गरिएको प्यानलमा धनलाल जैसी प्रथम उपाध्यक्ष, बाबुराम खड्का द्वितीय उपाध्यक्ष, अनिल बोगटी तृतीय उपाध्यक्षका उम्मेदवार रहेका छन्।
त्यस्तै महासचिवमा अधिवक्ता मधुकर रिजाल, सचिवमा टक्कर बहादुर पार्खिन, काेषाध्यक्षमा केदारनाथ अधिकारी रहेका छन्। त्यस्तै सदस्यहरूमा प्रेम बहादुर गिरी, देविमाया थापा, एक नारायण काफ्ले, फिराेज खान, कामेश्व शाह (राहुल), सराेज कुशवाह, गणेश कुवर, सन्दिप पुडासैनी, हरिबहादुर गिरि र शिवबहादुर कुवर रहेका छन्।
अध्यक्षका उम्मेदवार डा. जिसी माओवादी केन्द्र र महासचिवका उम्मेदवार रिजाल नेकपा समाजवादी केन्द्रबाट हुन। ८८० म्यानपावर व्यवसायी रहेको संघकाे साधारणसभा तथा निर्वाचन माघ ६ गते हुन गइरहेको छ। जिसी नेतृत्वको प्यानलले विभिन्न प्रतिबद्धता समेत जाहेर गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि निमित्त प्रमुखको अधिकार रद्द
-
गोरखाबाट सुत्केरी महिलाको हवाई उद्धार
-
आईभीएफ सेवा व्यवस्थित गर्न कार्यविधि र ऐनबारे छलफल सुरु
-
डा.गोविन्द केसीको जीवन रक्षाका लागि सरकारलाई ताकेता गर्न समितिमा निवेदन
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण