दुर्घटना चराको कारणले भएको हो त ?
पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउनुभन्दा ६ महिनाअघि नै नजिकै रहेको ल्यान्डफिल साइट सार्न विज्ञले सुझाव दिइरहेका थिए । तर ल्यान्डफिलसाइट सार्ने कामले विमानस्थल उद्घाटन (२०२३ जनवरी १) हुनुभन्दा एकसाता अघि मात्र पूर्णता पायो । ल्यान्डफिल साइट सारेपछि त्यहाँका चराले आहारा र बासस्थान खोजिरहेका थिए । तर सरोकारवालाले ती चराको बासस्थान र आहारालाई बेवास्ता गरेका थिए । आहारा र बासको खोजीमा भौँतारिरहेका तिनै चरासँग ठोक्किएर आइतबार यति एयरलाइन्सको जहाज दुर्घटना भएको हो कि भन्ने आशङ्का उब्जेको छ ।
हवाई क्षेत्रका एक जानकारका अनुसार कुनै पनि प्राविधिक समस्याबिना जहाज अवतरणको अन्तिम कसरतमा हुँदा दुर्घटना भएको छ । 'जहाजमा कुनै प्राविधिक समस्या आएको हुन्थ्यो भने त्यो पहिल्यै थाहा हुन्थ्यो । अन्तिम समयसम्म जहाज र विमानस्थल टावरबीच सहज रूपमा सञ्चार सम्पर्क भएको छ,' ती जानकारले भने, ‘त्यसैले प्राविधिक समस्या आएको भन्न सकिन्न । जहाज चरासँग ठोक्किएको हुनसक्छ ।’ आजको नागरिक दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० वर्षमा ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य असम्भव छैन : डाँगी
-
राष्ट्रियसभा अध्यक्षलाई उपराष्ट्रपतिको जिम्मेवारी दिन सुझाव
-
‘निजी क्षेत्र नभएको भए देशले अझै २१ घण्टा लोडसेडिङ भोग्नुपर्थ्यो’
-
निर्वाचन आयोगमा ५ जना आयुक्त घटाएर ३ जना राख्न सुझाव
-
इरानका सर्वोच्च नेतासँग भेट्न तयार छन् ट्रम्प ?
-
पूर्वप्रधानमन्त्री सुशीला कार्कीको सुझाव, ‘सत्तामा पुग्दैमा विपक्षीलाई सिध्याउने खेलमा लाग्नु हुँदैन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण