बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

आज बैंक तथा वित्तीय संस्था साढे ३ घण्टामा मात्र खुल्ने

सोमबार, ०२ माघ २०७९, ११ : २६
सोमबार, ०२ माघ २०७९

काठमाडौँ । विमान दुर्घटनाका कारण सरकारले सोमबार राष्ट्रिय शोक घोषणा गर्दै सार्वजनिक विदा दिएपनि बैंक तथा वित्तीय संस्थाहरु भने खुल्ने भएका छन् । नेपाल राष्ट्र बैंकले एक सूचना जारी गर्दै सार्वजनिक विदा भएपनि बैंक तथा वित्तीय संस्थालाई कारोबार जारी राख्न निर्देशन दिएको हो । 

यद्यपि, आज तीन घण्टा मात्र बैंकहरु खुल्ने छन् । केन्द्रीय बैंकको सूचना अनुसार विहान १० बजेदेखि १ः३० सम्म बैंक तथा वित्तीय संस्थाको कार्यालय, शाखा कार्यालय खुला रही नगद कारोबार, चेक क्लियरिंग, आरटीजीएस लगायत अत्यावश्यक बैंकिङ सेवाहरु प्रवाह हुनेछन् ।   
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप