आज बैंक तथा वित्तीय संस्था साढे ३ घण्टामा मात्र खुल्ने
सोमबार, ०२ माघ २०७९, ११ : २६
काठमाडौँ । विमान दुर्घटनाका कारण सरकारले सोमबार राष्ट्रिय शोक घोषणा गर्दै सार्वजनिक विदा दिएपनि बैंक तथा वित्तीय संस्थाहरु भने खुल्ने भएका छन् । नेपाल राष्ट्र बैंकले एक सूचना जारी गर्दै सार्वजनिक विदा भएपनि बैंक तथा वित्तीय संस्थालाई कारोबार जारी राख्न निर्देशन दिएको हो ।
यद्यपि, आज तीन घण्टा मात्र बैंकहरु खुल्ने छन् । केन्द्रीय बैंकको सूचना अनुसार विहान १० बजेदेखि १ः३० सम्म बैंक तथा वित्तीय संस्थाको कार्यालय, शाखा कार्यालय खुला रही नगद कारोबार, चेक क्लियरिंग, आरटीजीएस लगायत अत्यावश्यक बैंकिङ सेवाहरु प्रवाह हुनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि निमित्त प्रमुखको अधिकार रद्द
-
गोरखाबाट सुत्केरी महिलाको हवाई उद्धार
-
आईभीएफ सेवा व्यवस्थित गर्न कार्यविधि र ऐनबारे छलफल सुरु
-
डा.गोविन्द केसीको जीवन रक्षाका लागि सरकारलाई ताकेता गर्न समितिमा निवेदन
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण