नवलपरासीमा बस र कार ठोक्किँदा एक जनाको मृत्यु

नवलपरासी । नवलपरासीमा बस र कार ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । नवलपरासीको सुनवल नगरपालिका भूमहीमा उक्त सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु र पाँच जना घाइते भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय नलवपरासीका अनुसार परासी–भूमही सडकखण्डअन्तर्गत सुनवल–१२ भूमहीमा लु २ ख १२२६ नं. को बस र बागमती प्रदेश ०१–०२५ च ३८९७ नं. को कार एकापसमा ठोक्किँदा कार चालक अर्घाखाँची स्थायी घर भई हाल कपिलवस्तुको वाणगंगा नगरपालिका–८ मधुवन बस्ने ३६ वर्षीय इन्द्रमणि पौडेलको मृत्यु भएको छ ।
दुर्घटनामा घाइते हुनेमा कारमा सवार कपिलवस्तु वाणगंगा– ८ मधुवन बस्ने ३१ वर्षीय पूर्ण बहादुर राना, सोही ठाउँका २८ वर्षीय मनोजकुमार परियार, नवलपरासी (पूर्व) बुलिङटार गाउँपालिका बस्ने २८ वर्षीय गंगा गोदामी, नवलपरासी (पूर्व) कावासोती नगरपालिका १८ वर्षीय डलबहादुर बराल र अर्घाखाँची शीतगंगा नगरपालिका–६ भई हाल रुपन्देही सालझण्डी बस्ने ३८ वर्षीय खेमबहादुर रेश्मी घाइते छन् ।
उनीहरूको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डाक्नेश्वरी नगरपालिकामा स्ट्रीट लाइट खरिदमा अनियमितता
-
चोरी भएका २२ ओटा दुई पाङग्रे सवारी साधन धनीलाई हस्तान्तरण
-
प्रधानमन्त्री आफैँ ऐन महर बचाउन लाग्नु भएको छ : रश्मिला धामी
-
नेपाल बीमा प्राधिकरणको ५७ औँ वार्षिकोत्सवमा रक्तदान
-
नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गर्ने शिक्षकविरूद्ध विशेष अदालतमा आरोपपत्र दायर
-
निगमले अझै तिरेन वाइडबडी र न्यारोबडी जहाज खरिद गर्दाको १९ अर्ब ३९ करोड ऋण