२४ जनाको पोखरा र ४५ जनाको शव काठमाडौँमा पोष्टमार्टम गरिने
पोखरा । पोखरा पुगेको विशेषज्ञ टोलीले शव परीक्षण गर्न नसकिने भएपछि ४५ जनाको शव काठमाडौँ लग्ने निर्णय गरेको छ । शव पहिचान र परीक्षणका लागि विशेष टोलीको निर्णयअनुसार २४ जनाको शवको पोखरामै गरिने भएको हो ।
आइतबार यती एअरलाइन्सको ‘एन–एएनसी’ विमान सेती खोँचमा खसेको थियो । दुर्घटनामा ६९ जनाको शव भेटिएको छ । ३४ जनाको सनाखत भएको भएपनि १० जनाको काठमाडौँ लगेर पोष्टमार्टम गरिने स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ ।
विदेशीहरूको शव पहिचान भएपनि पोखरामा गरेको नहुँदा काठमाडौँ लैजानुपरेको भारतबाट शव लिन आइपुगेका एक आफन्तले बताए । प्रतिष्ठानका अनुसार त्रिभुवन पौडेल, निशान्त आचार्य, जीवनकला गुरुङ, प्रसिद्धि पौडेल, पुजन राना, पूर्णबहादुर गुरुङ, अरुण पौडेल, संगिता शाही, सदाकत अलिमिया, लक्ष्मी पौडेल, निरा छन्त्याल, विजयकुमार गुरुङ, लक्की गुरुङ, समिन गुरुङ, शालिकराम आचार्य, डा. गनेश थापा, मोहनप्रकाश श्रेष्ठ, सीता गुरुङ, जमुना शर्मा, बन्दना सुनार, सन्दिप श्रेष्ठ, अनुशा गुरुङ, शिवकुमार गुरुङ र सविर्ण श्रेष्ठको शव पोखरामै परीक्षण गरिने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
-
फुटतर्फ उन्मुख हुँदै कांग्रेस, सकसमा सभापति थापा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
-
काठमाडौँमा सरुवा रोगको महामारी फैलिने उच्च जोखिम (तस्बिरसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण