मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

पोखरा विमान दुर्घटना : ४८ शव काठमाडौँमा लगिँदै

मङ्गलबार, ०३ माघ २०७९, १० : ५५
मङ्गलबार, ०३ माघ २०७९

आइतबार पोखरामा भएको जहाज दुर्घटनामा परी मृत्यु भएका ४८ जनाको शव काठमाडौँ लैजाने तयारी गरिएको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएका शव नेपाली सेनाको ट्रकमा राखेर पोखरा विमानस्थलसम्म लगिएको र त्यहाँबाट काठमाडौँ लगिने भएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिल शाहीले जानकारी दिए ।

दुर्घटनामा सवार ७० जनाको शव प्राप्त भएको छ भने दुई जना अझै हराइरहेका छन् । पहिचान भएका पोखरा र आसपासका २२ जनाको शव यहीँ नै आफन्तलाई बुझाउन लागिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप