बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

रिभल्वर र डेटोनेटरसहित २ जना पक्राउ

मङ्गलबार, ०३ माघ २०७९, १२ : ३८
मङ्गलबार, ०३ माघ २०७९

काठमाडौँ । रुपन्देहीको बुटवल बुटवल उप–महानगरपालिकाबाट प्रहरीले हतियार सहित दुई जनालाई पक्राउ गरेको छ । बुटवल–११ स्थित देवीनगरबाट रिवल्वर र डेटोनेटरलगायतका हतियारसहित दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । 

पक्राउ पर्नेमा गुल्मी मालिका गाउँपालिका–४ अर्खावाङ घर भएका ३५ वर्षीय नवीन चन्द्र रेग्मी र कञ्चनपुर गणेशपुर नगरपालिका–२ घर भएका २७ वर्षीय विश्वराज कार्की छन् । 

प्रहरीले नवीनको साथबाट १ थान रिभल्वर बरामद गरेको छ । सैनामैना नगरपालिका–१ पर्रोहास्थित नवीनको कोठामा सर्च गर्दा गोली ३५ राउण्ड, तयारी डेटोनेटर ३ थान, डेटोनेटर केस ६० थान, डेटकर्ड ४ मिटर फेला परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप