रिभल्वर र डेटोनेटरसहित २ जना पक्राउ
मङ्गलबार, ०३ माघ २०७९, १२ : ३८
काठमाडौँ । रुपन्देहीको बुटवल बुटवल उप–महानगरपालिकाबाट प्रहरीले हतियार सहित दुई जनालाई पक्राउ गरेको छ । बुटवल–११ स्थित देवीनगरबाट रिवल्वर र डेटोनेटरलगायतका हतियारसहित दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
पक्राउ पर्नेमा गुल्मी मालिका गाउँपालिका–४ अर्खावाङ घर भएका ३५ वर्षीय नवीन चन्द्र रेग्मी र कञ्चनपुर गणेशपुर नगरपालिका–२ घर भएका २७ वर्षीय विश्वराज कार्की छन् ।
प्रहरीले नवीनको साथबाट १ थान रिभल्वर बरामद गरेको छ । सैनामैना नगरपालिका–१ पर्रोहास्थित नवीनको कोठामा सर्च गर्दा गोली ३५ राउण्ड, तयारी डेटोनेटर ३ थान, डेटोनेटर केस ६० थान, डेटकर्ड ४ मिटर फेला परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
-
पुष्पलालको वैचारिक मार्गदर्शनमा कम्युनिस्ट आन्दोलनको पुनर्गठन
-
‘बफर’ कोटाको रसायनिक मल वितरण सुरु
-
पुष्पलालका योगदान आज पनि उत्तिकै प्रेरणादायी छन् : माधव नेपाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण