पाल्पाको तानसेनमा डिजिटल नागरिक बडापत्र
पाल्पा । पाल्पाको रामपुर नगरपालिकाले डिजिटल नागरिक बडापत्र प्रयोगमा ल्याएको छ । नगरपालिका कार्यालयको भित्तामा डिजिटल बडापत्र राखेपछि यसैबाट कार्यालयले दिने सेवा सुविधाबारे जानकारी लिने गरेको सेवाग्राही बताउँछन् ।
सेवाग्राहीलाई मध्यनजर गर्दै डिजिटल बडापत्र राखिएको प्रमुख प्रशासकीय अधिकृत लेखनाथ न्यौपाने बताए । नगरपालिका कार्यालयमा आफूले पाउने सेवा सुविधा उल्लेख हुने भएकाले यो सेवाग्राहीको लागि उपयोगी र जानकारीमूलक सूचना पार्टी रहेको सेवाग्राही शर्मिला पौडेल बताउँछिन् ।
रामपुर नगरपालिका कार्यालय र वडा नं ४, ५ र ७ को कार्यालयमा पनि डिजिटल प्रविधिको बडापत्र राख्ने कार्यक्रम अनुसार आवश्यक विवरण सङ्कलन गरिरहेको प्रशासन शाखा प्रमुख युवराज पन्थीले उल्लेख गरे । नागरिक बडापत्रसम्बन्धी सुशासन (व्यवस्थापन र सञ्चालन ऐन २०६४) ऐनमा भएको व्यवस्थाअनुसार नेपालमा प्रत्येक सेवा प्रदायक कार्यालयले कार्यालय परिसरमा सबैले देख्न सकिने ठाउँमा नागरिक बडापत्र राख्नुपर्दछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण