पाल्पाको तानसेनमा डिजिटल नागरिक बडापत्र

पाल्पा । पाल्पाको रामपुर नगरपालिकाले डिजिटल नागरिक बडापत्र प्रयोगमा ल्याएको छ । नगरपालिका कार्यालयको भित्तामा डिजिटल बडापत्र राखेपछि यसैबाट कार्यालयले दिने सेवा सुविधाबारे जानकारी लिने गरेको सेवाग्राही बताउँछन् ।
सेवाग्राहीलाई मध्यनजर गर्दै डिजिटल बडापत्र राखिएको प्रमुख प्रशासकीय अधिकृत लेखनाथ न्यौपाने बताए । नगरपालिका कार्यालयमा आफूले पाउने सेवा सुविधा उल्लेख हुने भएकाले यो सेवाग्राहीको लागि उपयोगी र जानकारीमूलक सूचना पार्टी रहेको सेवाग्राही शर्मिला पौडेल बताउँछिन् ।
रामपुर नगरपालिका कार्यालय र वडा नं ४, ५ र ७ को कार्यालयमा पनि डिजिटल प्रविधिको बडापत्र राख्ने कार्यक्रम अनुसार आवश्यक विवरण सङ्कलन गरिरहेको प्रशासन शाखा प्रमुख युवराज पन्थीले उल्लेख गरे । नागरिक बडापत्रसम्बन्धी सुशासन (व्यवस्थापन र सञ्चालन ऐन २०६४) ऐनमा भएको व्यवस्थाअनुसार नेपालमा प्रत्येक सेवा प्रदायक कार्यालयले कार्यालय परिसरमा सबैले देख्न सकिने ठाउँमा नागरिक बडापत्र राख्नुपर्दछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चैते धानको उत्पादन बढ्दा, मूल्यमा गिरावट
-
स्कटल्याण्डविरुद्ध नेपालको जित
-
सरकारले संविधान संशोधनमा ढिलाइ गर्नुहुँदैन: प्रवक्ता डा. महत
-
प्रधानमन्त्री र एमआइटीका अनुसन्धानकर्ता मिङ्मार शेर्पाबिच भेटवार्ता
-
प्रधानमन्त्री ओली र पूर्व राष्ट्रपति भण्डारीबिच भेटवार्ता, के भयो कुराकानी ?
-
१० बजे १० समाचार : रवीन्द्र पनि छुटे, धरानमा तनाव