कर्णाली प्रदेश : बुधबार उपसभामुखको निर्वाचन हुने
मङ्गलबार, ०३ माघ २०७९, १४ : १६
सुर्खेत । कर्णाली प्रदेश सभाको उपसभामुखका लागि भोलि बुधबार निर्वाचन हुने भएको छ । सभामुख नन्दा गुरुङले बुधबार दिउँसो १ बजेका लागि निर्वाचन कार्यतालिका तोकेकी हुन् ।
निर्वाचन सम्पन्न गर्नका लागि प्रदेश सभा नियमावली ०७९ को उपनियम ९ बमोजिम उपसभामुखको निर्वाचन तोकिएको सभामुख गुरुङले बताइन् ।
सभामुख गुरुङले प्रदेश सभा नियमावली ०७९ को उपनियम ९ को उपनियम १ बमोजिम निर्वाचन सम्बन्धी सूचना प्रकाशित गर्न प्रदेश सभा सचिवालयका प्रमुख सचिव जीवराज बुढाथोकीलाई निर्देशन समेत दिएकी छन् ।
उपसभामुखका लागि सत्तारुढ गठबन्धनको तर्फबाट नेकपा ९माओवादी केन्द्र० का यशोदा न्यौपाने र रणसिंह परियारको नाम चर्चामा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् बिलमा भ्याट, ऊर्जामन्त्रीको निर्देशनपछि राजस्वसँग राय माग
-
भोजपुर नगरपालिका उपप्रमुख शेर्पालाई पदमुक्त गर्न एमालेको सिफारिस
-
प्रदेश सरकार सहकार्यका लागि एमाले र नेकपाबिच ३ बुँदे सहमति
-
सरकारको कार्यशैलीले राष्ट्रिय स्वाधीनता र लोकतन्त्र सङ्कटमा : नारायणकाजी श्रेष्ठ
-
प्रदेश सरकार गठनबारे एमाले र नेकपाबिच सहमति
-
डा.केसीका माग सन्दर्भमा संवादमार्फत यथाशीघ्र सहमतिमा पुग्न प्रतिबद्ध छौँ : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण