बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

कर्णाली प्रदेश : बुधबार उपसभामुखको निर्वाचन हुने

मङ्गलबार, ०३ माघ २०७९, १४ : १६
मङ्गलबार, ०३ माघ २०७९

सुर्खेत । कर्णाली प्रदेश सभाको उपसभामुखका लागि भोलि बुधबार निर्वाचन हुने भएको छ । सभामुख नन्दा गुरुङले बुधबार दिउँसो १ बजेका लागि निर्वाचन कार्यतालिका तोकेकी हुन् । 

निर्वाचन सम्पन्न गर्नका लागि प्रदेश सभा नियमावली ०७९ को उपनियम ९ बमोजिम उपसभामुखको निर्वाचन तोकिएको सभामुख गुरुङले बताइन् । 

सभामुख गुरुङले प्रदेश सभा नियमावली ०७९ को उपनियम ९ को उपनियम १ बमोजिम निर्वाचन सम्बन्धी सूचना प्रकाशित गर्न प्रदेश सभा सचिवालयका प्रमुख सचिव जीवराज बुढाथोकीलाई निर्देशन समेत दिएकी छन् ।

उपसभामुखका लागि सत्तारुढ गठबन्धनको तर्फबाट नेकपा ९माओवादी केन्द्र० का यशोदा न्यौपाने र रणसिंह परियारको नाम चर्चामा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप