समाचार
जनमत पार्टीद्वारा खानेपानी मन्त्रालय अस्वीकार
मङ्गलबार, ०३ माघ २०७९, १५ : ००
काठमाडौँ । जनमत पार्टीले खानेपानी मन्त्रालय अस्वीकार गरेको छ । भागबण्डामा जनमत पार्टीलाई खानेपानी मन्त्रालय परेको भएपनि पार्टीले सो मन्त्रालयले अस्वीकार गरेको हो । खानेपानीमा नियुक्त भएका जनमत पार्टीका उपाध्यक्ष एवं प्रवक्ता अब्दुल खानले आफूले सो मन्त्रालयको कार्यभार नसम्हाल्ने बताए ।
उनले भने, ‘सरकारको नेतृत्वको गरेको दलले हामीलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय दिने सहमति जनाएको थियो । तर, आज खानेपानी मन्त्रालय दिएकाले सो मन्त्रालय हाम्रो पार्टीले अस्वीकार गरेको छ ।’ सरकारले यो निर्णय फिर्ता नलिएसम्म सो मन्त्रालय आफू नजाने बताउँदै उनले आफ्नो पार्टीले सरकारलाई दिएको समर्थन कायम राख्ने कि फिर्ता लिने भन्ने विषयमा छलफलमा जुटेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘भिएआर’ले खोस्यो इरानको अग्रता: बेल्जियम र इरानबिचको पहिलो हाफ गोलरहित बराबरीमा
-
झापामा वन्यजन्तुले नबिगार्ने ‘मेकाडामिया नट्स’को व्यावसायिक खेती
-
इजरायलद्वारा उत्तरी सीमा क्षेत्रमा लगाइएका सबै प्रतिबन्धहरू फुकुवा
-
घोराहीमा ९ वर्षमा १९८ किलोमिटर सडक कालोपत्रे
-
बेल्जियम र इरान भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
८ आत्मघाती गोलसँगै दोस्रो स्थानमा २०२६ विश्वकप: रुसको कीर्तिमान तोडिने सङ्घारमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण