मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय
समाचार

जनमत पार्टीद्वारा खानेपानी मन्त्रालय अस्वीकार

मङ्गलबार, ०३ माघ २०७९, १५ : ००
मङ्गलबार, ०३ माघ २०७९

काठमाडौँ । जनमत पार्टीले खानेपानी मन्त्रालय अस्वीकार गरेको छ । भागबण्डामा जनमत पार्टीलाई खानेपानी मन्त्रालय परेको भएपनि पार्टीले सो मन्त्रालयले अस्वीकार गरेको हो । खानेपानीमा नियुक्त भएका जनमत पार्टीका उपाध्यक्ष एवं प्रवक्ता अब्दुल खानले आफूले सो मन्त्रालयको कार्यभार नसम्हाल्ने बताए ।

उनले भने, ‘सरकारको नेतृत्वको गरेको दलले हामीलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय दिने सहमति जनाएको थियो । तर, आज खानेपानी मन्त्रालय दिएकाले सो मन्त्रालय हाम्रो पार्टीले अस्वीकार गरेको छ ।’ सरकारले यो निर्णय फिर्ता नलिएसम्म सो मन्त्रालय आफू नजाने बताउँदै उनले आफ्नो पार्टीले सरकारलाई दिएको समर्थन कायम राख्ने कि फिर्ता लिने भन्ने विषयमा छलफलमा जुटेको  बताए ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप