१२ बजे १२ समाचार: रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशनदेखि हाकिमका घर जोगाउन सिंहदरबारको जग्गामा बाटोसम्म
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशन चितवनको भरतपुरमा पार्टी सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त रूपमा उद्घाटन गरेका हुन्।
- रास्वपाले मधेस प्रदेशबाट महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको सूची विवादका कारण आइतबार मध्यरातमा टुंगो लगाएको छ।
- सरकारी पूर्वकर्मचारीको व्यक्तिगत घरजग्गा जोगाउन सिंहदरबारको ४२ रोपनी ६ आना जग्गा सार्वजनिक बाटोमा समावेश भएको उच्चस्तरीय छानबिन आयोगको प्रतिवेदनले खुलासा गरेको छ।
काठमाडौँ । आज दिनभरका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’ मा ‘१२ बजे १२ समाचार’ लिएर हाजिर भएका छौँ ।
१. रास्वपाको महाधिवेशन उद्घाटन
पार्टी गठन भएको करिब चार वर्षमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशन सुरु भएको छ।
चितवनको भरतपुरस्थित उद्योग वाणिज्य सङ्घको खुला चौरमा तयार मञ्चमा आइतबार पार्टी सभापति रवि लामिछाने र प्रधानमन्त्री समेत रहेका वरिष्ठ नेता बालेन्द्र (बालेन) शाहले महाधिवेशनको संयुक्त रूपमा घण्टी बजाएर उद्घाटन गरेका हुन्।
२. मध्यरातमा रास्वपाले टुंग्यायो मधेसका प्रतिनिधिको सूची
रास्वपाले मधेस प्रदेशबाट महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको सूची टुंगो लगाएको छ । यसअघि विवादका कारण ६ प्रदेश र प्रवासका प्रतिनिधिको मात्रै नमावली टुंगो लगाएको रास्वपाले आइतबार मध्यरातमा मधेसको सूची पनि टुंगो लगाएको हो ।
३. उद्घाटन समारोहमा कसले के भने ?
उद्घाटन समारोहमा कांग्रेस, नेकपा, एमालेसहितका नेताहरुले पुगेर शुभकामना सन्देश दिएका थिए । यस्तै सभापति र प्रधानमन्त्रीबाहेक पार्टीकै अन्य नेताहरुले पनि सम्बोधन गरेका थिए ।
४. मनमुटाव नभएको सन्देश प्रवाह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन्द्र शाहले आफूहरूबिच कुनै मनमुटाव नरहेको सन्देश दिने प्रयास गरेका छन् ।
उनीहरुले एकताबद्ध भएर देश विकासको अभियानमा अघि बढ्ने प्रतिबद्धता समेत जनाएका छन्। आइतबार भरतपुरमा आयोजित उद्घाटन समारोहलाई सम्बोधन गर्दै दुवै नेताले पार्टीभित्रको एकता, सुशासन र विकासलाई आगामी कार्यदिशाको केन्द्रमा राख्ने बताएका हुन्।
५. रविलाई नै सभापति चुन्ने तयारी
रास्वपाले रवि लामिछानेलाई नै सभापति चुन्ने तयारी गरेको छ । रास्वपाको उद्घाटन समारोहमा नेताहरुले समेत रवि नै सभापति हुने बुझेको भन्दै अग्रिम शुभकामना दिएका थिए । महाधिवेशन मंगलबार नयाँ नेतृत्व चयन गर्दै सम्पन्न हुनेछ ।
६. रविको राजनीतिक यात्रा सहज
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि लगाइएको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी मुद्दा चार वटा जिल्ला अदालतबाट संशोधन भएसँगै उनको राजनीतिक यात्रा सहज बनेको छ ।
सम्पत्ति शुद्धीकरण मुद्दा र संगठित अपराध सम्बन्धी अभियोगका कारण राजनीतिक रूपमै अप्ठ्यारोमा पर्दै आएका लामिछानेलाई चार वटा जिल्ला अदालतले कसुर फिर्ताका लागि अनुमति दिइसकेका छन् । उनीमाथि अब सहकारी ठगीको अभियोगमा मात्र मुद्दा अघि बढाइने छ ।
७. निर्वाचन समिति
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीको पहिलो ऐतिहासिक राष्ट्रिय महाधिवेशनलाई व्यवस्थित, निष्पक्ष र पारदर्शी रूपमा सम्पन्न गर्नका लागि २२ सदस्यीय निर्वाचन समिति गठन गरेको छ ।
पार्टीको केन्द्रीय निर्वाचन आयोगले एक सूचना जारी गर्दै महाधिवेशनका लागि आवश्यक सांगठनिक संरचना तयार गरेको जानकारी दिएको हो । पार्टीद्वारा सार्वजनिक विवरणअनुसार १० सदस्यीय केन्द्रीय निर्वाचन आयोग र त्यसअन्तर्गत रहने गरी १२ सदस्यीय ‘राष्ट्रिय महाधिवेशन निर्वाचन समिति–२०८३’ गठन गरिएको छ ।
८. रास्वपा मधेस
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम केन्द्रीय महाधिवेशन चितवनको भरतपुरमा जारी छ । स्थापनाको चार वर्षमा देशकै शक्तिशाली पार्टी बन्न सफल भएको रास्वपाले नयाँ नेतृत्व चयनका लागि निर्वाचन आयोगले चुनावी कार्यतालिका घोषणा गरिसकेको छ ।
महाधिवेशन अगाडि चार हजार ३६३ वडा, ६०९ पालिका र ६४ जिल्ला अधिवेशन सम्पन्न हुँदा विवादका कारण सिङ्गो मधेसले निर्वाचित महाधिवेशन प्रतिनिधि ल्याउन सकेन । दुई पक्षीय झडप तथा तोडफोडले शान्ति सुरक्षामा चुनौती देखिएका कारण निर्वाचन आयोगले अधिवेशनका सम्पूर्ण गतिविधि स्थगित गर्यो ।
९. मुकुलको गुनासो
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकालले पार्टीको पहिलो महाधिवेशनमा नबोलाइएको भन्दै असन्तुष्टि जनाएका छन् ।
आइतबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै ढकालले पार्टी स्थापना गर्ने व्यक्तिलाई महाधिवेशनमा निम्तो नगरिएको भन्दै असन्तुष्टि जनाएका हुन् ।
१०. हाकिमका घर जोगाउन सिंहदरबारको जग्गामा बाटो
सरकारी पूर्वकर्मचारीको व्यक्तिगत घरजग्गा जोगाउने नाममा सिंहदरबारको ४२ रोपनी ६ आना जग्गा सार्वजनिक बाटोमा समावेश भएको पाइएको छ ।
तत्कालीन श्री ५ को सरकारले २०४९ सालमा गठन गरेको सरकारी तथा सार्वजनिक जग्गा संरक्षणका विषयमा पूर्वसचिव रामबहादुर रावलको संयोजकत्वमा गठन भएको उच्चस्तरीय छानबिन आयोगको प्रतिवेदनले यसबारे खुलासा गरेको हो ।
११. रोचक दृश्य
पार्टीको महाधिवेशन उद्घाटन समारोहमा केही रोचक दृश्य पनि देखिए । उद्घाटन समारोहमा सबैभन्दा आकर्षणको केन्द्र सभापति रवि र वरिष्ठ नेता बालेन नै थिए । रास्वपामा समायोजन भएपछि पार्टी गतिविधिमा विरलै देखिएका बालेन महाधिवेशनमा सहभागी हुन्छन् कि हुँदैनन् रु सहभागी भएपछि सम्बोधन गर्छन् कि गर्दैनन् भन्नेमा धेरैको चासो थियो ।
१२. विश्वकप
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा वन्यजन्तुले नबिगार्ने ‘मेकाडामिया नट्स’को व्यावसायिक खेती
-
इजरायलद्वारा उत्तरी सीमा क्षेत्रमा लगाइएका सबै प्रतिबन्धहरू फुकुवा
-
घोराहीमा ९ वर्षमा १९८ किलोमिटर सडक कालोपत्रे
-
बेल्जियम र इरान भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
८ आत्मघाती गोलसँगै दोस्रो स्थानमा २०२६ विश्वकप: रुसको कीर्तिमान तोडिने सङ्घारमा
-
१२ बजे १२ समाचार: रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशनदेखि हाकिमका घर जोगाउन सिंहदरबारको जग्गामा बाटोसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण