सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
फिफा विश्वकप २०२६

ओयार्जाबाल चम्किएपछि स्पेनको फराकिलो जित, केप भर्डसँगको बराबरी बिर्साउँदै लयमा फर्कियो

आइतबार, ०७ असार २०८३, २३ : ४८
आइतबार, ०७ असार २०८३

सारांश

  • स्पेनले फिफा विश्वकप २०२६ को दोस्रो खेलमा साउदी अरेबियालाई ४-० ले पराजित गर्दै पहिलो जित दर्ता गरेको छ ।
  • युवा स्टार लामिन यामलले १०औँ मिनेटमा गोलको सुरुवात गरे भने मिकेल ओयार्जाबालले २१औँ र २४औँ मिनेटमा लगातार दुई गोल गरे ।
  • साउदी अरेबियाका हसन अल्तामबक्तिले आत्मघाती गोल गरेपछि स्पेन ४-० ले विजयी भयो ।

काठमाडौँ । फिफा विश्वकप २०२६ को आफ्नो दोस्रो खेलमा स्पेनले एसियाली प्रतिस्पर्धी साउदी अरेबियालाई ४–० को फराकिलो अन्तरले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ । पहिलो खेलमा केप भर्डसँग गोलरहित बराबरीमा रोकिएको स्पेनले आज मर्सिडीज–बेन्ज स्टेडियममा भने आक्रामक फुटबलको नमुना प्रस्तुत गर्‍यो ।

खेलको १० औँ मिनेटमै युवा स्टार लामिन यामलले गोल गर्दै स्पेनलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि मिकेल ओयार्जाबालले उत्कृष्ट प्रदर्शन गर्दै २१ औँ र २४ औँ मिनेटमा लगातार दुई गोल गरेपछि पहिलो हाफमै स्पेन ३–० ले अघि रहेको थियो ।

दोस्रो हाफको सुरुवातमै साउदी अरेबियाका डिफेन्डर हसन अल्तामबक्तिले ४९ औँ मिनेटमा आफ्नै पोस्टमा गोल (आत्मघाती गोल) गर्न पुगेपछि स्पेनको अग्रता ४–० पुग्यो । 

खेलको इन्जुरी समयमा फेरान टोरेसले गोल गर्दै स्कोर ५–० पुर्‍याएका थिए । तर, भिडियो असिस्टेन्ट रेफ्रीको सहयोगमा उक्त गोललाई अफसाइड घोषित गरिएपछि खेल ४–० कै नतिजामा टुङ्गिएको थियो ।

यो जितसँगै स्पेनले समूह ‘एच’ मा महत्त्वपूर्ण ३ अंक जोडेको छ र अघिल्लो चरण प्रवेशको सम्भावनालाई बलियो बनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप