अर्काको नामको सिमकार्ड निकालेर ठगेको आरोपमा युवक पक्राउ
काठमाडौं । सामाजिक सञ्जालमा वैदेशिक रोजगारीको विज्ञापन गरेर पीडितको नामबाट सिमकार्ड निकालेर ठगेको आरोपमा प्रहरीले एकजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कालिकोटको त्रिवेणी गाउँपालिका घर भएका २६ वर्षीय पूर्ण योगी भन्ने पूर्णनाथ योगी छन् ।
फ्रान्स र स्विजरल्याण्ड जस्ता मुलुकमा रोजगारको अवसर भन्ने विज्ञापन फेसबुक लगायतका सामाजिक सञ्जालमा राखेर योगी सहितको समूहले भिसा प्रोसेसिङका लागि भनेर पीडितको सक्कल कागजात मागेर दुरुपयोग गरेको प्रहरीले जनाएको छ ।
‘पीडितहरुको नागरिकता दुरुपयोग गरेर आरोपीले पीडितकै नामको सिमकार्ड निकालेर मोबाइल बैंकिङका पहुँच राख्ने गरेको देखिन्छ’ उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी कृष्ण कोइरालाले भने–‘मोबाइल बैंकिङमा पहुँच बनाएर रकम ट्रान्सफर गरेको अनुसन्धानबाट थाहा भएको छ ।’
योगी र मनम घर्ती मिलेर अहिलेसम्म त्यसरी १८ लाख ७५ हजार भन्दा बढी ठगेको अनुसन्धानबाट थाहा भएको छ । आरोपीलाई थप अनुसन्धान र कारवाहीका लागी जिल्ला प्रहरी परिसर टेकुमा पठाइएको एसपी कोइरालाले जानकारी दिए । मनम घर्तीलाई प्रहरीले पुस २६ मा पक्राउ गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार वर्ष पुग्न लाग्दा सुदूरपश्चिम प्रदेश सभाबाट १५ ऐन प्रमाणीकरण, ८ विधेयक अझै समितिमै
-
जलवायुजन्य विपद्का कारण नेपालमा बर्सेनि अर्बौँको क्षति, गैर-आर्थिक नोक्सानीको तथ्याङ्क राख्न विज्ञहरूको जोड
-
सुनको मूल्य तोलामा ८ सय र चाँदी ५५ रुपैयाँले बढ्यो
-
संसदीय समितिमा बहस, ‘घरायसी र व्यावसायिक ग्यासको रङ फरक गरौँ, लक्षित वर्गलाई मात्र अनुदान दिऊँ’
-
पोखराका नगर प्रहरीलाई संयमित हुन वडाध्यक्षको ध्यानाकर्षण
-
संघीय सांसद खत्रीमाथि खनिए बागमतीका मन्त्री थापा, विचाराधीन मुद्दालाई प्रभावित पार्ने प्रयास गरेको आरोप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण