शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

अर्काको नामको सिमकार्ड निकालेर ठगेको आरोपमा युवक पक्राउ

मङ्गलबार, ०३ माघ २०७९, २२ : ०९
मङ्गलबार, ०३ माघ २०७९

 

 

काठमाडौं । सामाजिक सञ्जालमा वैदेशिक रोजगारीको विज्ञापन गरेर पीडितको नामबाट सिमकार्ड निकालेर ठगेको आरोपमा प्रहरीले एकजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कालिकोटको त्रिवेणी गाउँपालिका घर भएका २६ वर्षीय पूर्ण योगी भन्ने पूर्णनाथ योगी छन् । 

 

फ्रान्स र स्विजरल्याण्ड जस्ता मुलुकमा रोजगारको अवसर भन्ने विज्ञापन फेसबुक लगायतका सामाजिक सञ्जालमा राखेर योगी सहितको समूहले भिसा प्रोसेसिङका लागि भनेर पीडितको सक्कल कागजात मागेर दुरुपयोग गरेको प्रहरीले जनाएको छ । 

 

‘पीडितहरुको नागरिकता दुरुपयोग गरेर आरोपीले पीडितकै नामको सिमकार्ड निकालेर मोबाइल बैंकिङका पहुँच राख्ने गरेको देखिन्छ’ उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी कृष्ण कोइरालाले भने–‘मोबाइल बैंकिङमा पहुँच बनाएर रकम ट्रान्सफर गरेको अनुसन्धानबाट थाहा भएको छ ।’ 

 

योगी र मनम घर्ती मिलेर अहिलेसम्म त्यसरी १८ लाख ७५ हजार भन्दा बढी ठगेको अनुसन्धानबाट थाहा भएको छ । आरोपीलाई थप अनुसन्धान र कारवाहीका लागी जिल्ला प्रहरी परिसर टेकुमा पठाइएको एसपी कोइरालाले जानकारी दिए । मनम घर्तीलाई प्रहरीले पुस २६ मा पक्राउ गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप