पलले सफाइ पाउँदा सांसद शाही दङ्ग

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले नाबालिगमाथि बलात्कार आरोपमा अभिनेता पल शाहले सफाइ पाएकोमा आफू निकै खुसी भएको बताएका छन् । उनले यसलाई न्यायको जीतसमेत भएको जिकिर गरेका छन् ।
उनले लेखेका छन्, ‘आज पल शाहलाई तनहुँ जिल्ला अदालतले निर्दोष साबित गरेको छ आज अत्यन्तै खुसी भएको छु । एउटा न्यायको लडाई जित्नुभएको छ। हार्दिक बधाई तथा शुभकामना ।’ मंगलबार तनहुँ जिल्ला अदालतले अभिनेता पूर्ण विक्रम शाहलाई सफाइ दिएको हो । न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले शाहमाथिको अभियोग दाबी नपुग्ने ठहर गर्दै शाहलाई सफाइ दिएका छन् । तनहुँ जिल्ला अदालतले बलात्कारको कसुरमा शाहलाई सफाइ दिए पनि उनी थुनामुक्त हुन भने पाउने छैनन् । यसअघि नवलपुर जिल्ला अदालतले शाहलाई बलात्कारको मुद्दामा सफाइ दिए पनि बाल यौन दुरुपयोगमा दोषी ठहर गर्दै साँढे २ वर्षको कैद सजाय र दश लाख रुपैयाँ क्षतिपूर्तिको फैसला सुनाएको थियो । सो सजाय पूरा नगरेसम्म शाह थुनामै रहनुपर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मध्यपुरथिमि नगरपालिकाको आन्तरिक आम्दानी रु २४ करोड
-
मुुख्यमन्त्रीको उपस्थितिमा कोरला नाकामा सुरक्षा बैठक
-
उपत्यकामा हुने कालोबजारी र अवाञ्छित गतिविधिको निगरानी गर्न प्रहरीलाई सर्कुलर
-
मनाङको स्याउ मनाङमै खपत
-
रातोपाटी ब्रिफिङ : स्थानीय तहमा डरलाग्दो भ्रष्टाचार, वायु सेवा निगमलाई ऋणको भार
-
टोटनह्यामविरुद्धको खेल पुनः खेलाइनुपर्ने क्लपको माग