पलले सफाइ पाउँदा सांसद शाही दङ्ग
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले नाबालिगमाथि बलात्कार आरोपमा अभिनेता पल शाहले सफाइ पाएकोमा आफू निकै खुसी भएको बताएका छन् । उनले यसलाई न्यायको जीतसमेत भएको जिकिर गरेका छन् ।
उनले लेखेका छन्, ‘आज पल शाहलाई तनहुँ जिल्ला अदालतले निर्दोष साबित गरेको छ आज अत्यन्तै खुसी भएको छु । एउटा न्यायको लडाई जित्नुभएको छ। हार्दिक बधाई तथा शुभकामना ।’ मंगलबार तनहुँ जिल्ला अदालतले अभिनेता पूर्ण विक्रम शाहलाई सफाइ दिएको हो । न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले शाहमाथिको अभियोग दाबी नपुग्ने ठहर गर्दै शाहलाई सफाइ दिएका छन् । तनहुँ जिल्ला अदालतले बलात्कारको कसुरमा शाहलाई सफाइ दिए पनि उनी थुनामुक्त हुन भने पाउने छैनन् । यसअघि नवलपुर जिल्ला अदालतले शाहलाई बलात्कारको मुद्दामा सफाइ दिए पनि बाल यौन दुरुपयोगमा दोषी ठहर गर्दै साँढे २ वर्षको कैद सजाय र दश लाख रुपैयाँ क्षतिपूर्तिको फैसला सुनाएको थियो । सो सजाय पूरा नगरेसम्म शाह थुनामै रहनुपर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाल संरक्षण भत्ता हिनामिना गरेको आरोपमा गाविसका तत्कालीन सचिवसहित तीन जनाविरुद्ध मुद्दा दायर
-
इबोला प्रकोपले बढायो विश्वव्यापी चिन्ता
-
अमेरिकाको वासिङ्टन तट नजिक समुद्री विमान दुर्घटना
-
सरकारका प्रवक्ताले भने- आइतबारको बिदा कायम रहन्छ
-
अमेरिकीहरूमा पुँजीवादप्रतिको विश्वास घट्दै
-
ट्राफिकले चिट काट्नै नपरोस्, टिकट लेख्नै नपरोस् : आईजीपी कार्की
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण