आज यी चार प्रदेशमा हल्का हिमपातको सम्भावना
काठमाडौँ । देशमा आज पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । जसको प्रभावले पहाडी भेगमा आंशिकदेखि सामान्य बदली छ भने तराईमा हुस्सु लागेको छ ।
दिउँसो पहाडी भूभागमा आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । गण्डकी र प्रदेश १ का उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।
राति सुदूरपश्चिम र कर्णालीमा आंशिकदेखि सामान्य बदली रहने छ भने सुदूरपश्चिम, कर्णाली, गण्डकी र प्रदेश १ का उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।
बिहीबार सुदूरपश्चिम, कर्णाली र गण्डकीका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदलीको प्रक्षेपण छ भने सुदूरपश्चिम, कर्णाली र गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा साथै बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो
-
सङ्घीयता सङ्घर्ष र त्यागले आएको हो, हटाउने प्रयास नगर्नुस् : सांसद खालिद
-
‘प्रधानमन्त्रीको कार्यालय हिटलरको ग्यास च्याम्बर जस्तै भयो’
-
सरकारी खाद्यकै गोदाममा लापरबाही, मुसाले खाएर डल्ला परेको चामल नयाँ बोरामा प्याकिङ
-
राष्ट्रियसभामा कांग्रेसले भन्यो– सरकारले भूमिहीन र सुकुमबासीलाई अपराधी जस्तो व्यवहार गर्यो
-
पेप्सीकोलामा लागेको आगो नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण