विश्वासको मत लिँदै कर्णालीका मुख्यमन्त्री शर्मा
सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले प्रदेश सभाबाट विश्वासको मत लिने तयारी गरेका छन् । शर्माले प्रदेशसभा सचिवालयमा विश्वासको मत लिन पत्र दर्ता गरेका छन् । प्रदेशसभा सचिवालय स्रोतका अनुसार मंगलबार साँझ ५ बजे विश्वासको मत लिने प्रयोजनका लागि उनले प्रदेश सभा सचिवालयमा पत्र दर्ता गराएका हुन्।
‘विश्वासको मत लिन भनेर मुख्यमन्त्री शर्माज्यूले हिजो मंगलबार साँझ ५ बजे पत्र दर्ता गराउनु भएको छ,’ प्रदेश सभा सचिव जीवराज बुढाथोकीले भने, ‘विश्वासको मत लिने पत्र दर्ता भएको समयदेखि ४८ घन्टापछि मात्रै उक्त प्रक्रिया सुरु हुन्छ । त्यसका लागि भोलि साँझ ५ बजे ४८ घन्टा पुग्छ । सरकारले चाहेको खण्डमा हामी भोलि साँझ पनि विश्वासको मत प्रयोजनका लागि सदन सुचारु गर्न सक्छौं । उहाँहरुले जहिले भन्नु हुन्छ हामी सदन सञ्चालन गर्न तयार छौं ।’
प्रदेश सरकारका मुख्यमन्त्री शर्माले विश्वासको मत कहिले लिने भन्ने बारेमा दलहरुबीच छलफल गर्ने बताए । ‘भोलि नै विश्वासको मत लिने वा पर्सि लिने यो विषयमा छलफल गर्छौं,’ मुख्यमन्त्री शर्माले भने । -न्युज कारखाना
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् बिलमा भ्याट, ऊर्जामन्त्रीको निर्देशनपछि राजस्वसँग राय माग
-
भोजपुर नगरपालिका उपप्रमुख शेर्पालाई पदमुक्त गर्न एमालेको सिफारिस
-
प्रदेश सरकार सहकार्यका लागि एमाले र नेकपाबिच ३ बुँदे सहमति
-
सरकारको कार्यशैलीले राष्ट्रिय स्वाधीनता र लोकतन्त्र सङ्कटमा : नारायणकाजी श्रेष्ठ
-
प्रदेश सरकार गठनबारे एमाले र नेकपाबिच सहमति
-
डा.केसीका माग सन्दर्भमा संवादमार्फत यथाशीघ्र सहमतिमा पुग्न प्रतिबद्ध छौँ : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण