बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

कर्णालीको उपसभामुखमा कालिकोटकी यशोदा न्यौपाने निर्वाचित

बुधबार, ०४ माघ २०७९, १४ : ४१
बुधबार, ०४ माघ २०७९

सुर्खेत । कर्णाली प्रदेश सभाको उपसभामुखका कालिकोटकी यशोदा न्यौपाने ‘पूर्णिमा’ निर्वाचित भएकी छन् । बुधबार भएको उपसभामुखको निर्वाचनमा उनी निर्वाचित भएकी हुन् । उनलाई सभामुख नन्दा गुरुङले उपसभामुखमा निर्वाचित भएको घोषणा गरेकी हुन् । उनको पक्षमा २४ मत आएको छ । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी इन्द्राकुमारी शाहीले १४ मत पाइन् ।  उनलाई कांग्रेसको मात्रै १४ मत प्राप्त भएको छ । 

निर्वाचित न्यौपानलेलाई नेकपा (माओवादी केन्द्र) को १३, एमालेको ९ र राप्रपा र नेकपा (एकीकृत समाजवादी) को १ मत प्राप्त भएको छ । ४० प्रदेशसभा सदस्य रहेको प्रदेश सभामा ३८ जना सांसद सहभागी भएका थिए । सभामुखको निर्वाचनमा कांग्रेसलाई सघाएको समाजवादीले यो पटक सत्तारुढ गठबन्धनलाई सघाएको छ । निर्वाचित न्यौपानले माओवादी केन्द्रको केन्द्रीय सदस्य हुन् ।

उनी वाईसिएल नेपालका पूर्व केन्द्रीय उपाध्यक्ष समेत भइसकेकी महिला नेतृ हुन् । कालिकोटमा माओवादीभित्र सम्भावना बोकेकी महिला नेतृमा पर्ने उनी माओवादीको कालिकोट सह–इञ्चार्ज समेत हुन् । उनी माओवादीले थालेको १० बर्षे सशस्त्र जनयुद्धमा समेत सहभागी भएकी थिइन् । उपसभामुखका लागि न्यौपानको प्रस्तावकको रुपमा माओवादीका कृष्ण जिसी र एमालेका विनोदकुमार शाह समर्थक रहेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप