फ्रान्समा रोजगारीमा पठाउने भन्दै १९ लाख ठग्ने प्रहरीको फन्दामा
बुधबार, ०४ माघ २०७९, १४ : ४४

काठमाडौंँ । फ्रान्समा रोजगारीमा पठाइदिने भन्दै तीन जनाबाट १९ लाख रुपैयाँ ठग्ने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नम्बर ८ घर भई हाल काठमाडौंँको चन्द्रागिरी बस्ने तेजेन्द्र महत रहेका छन् । राजेन्द्र रानामगर समेत ३ जनालाई वैदेशिक रोजगारीको लागि फ्रान्समा जान १० लाख रुपैयाँ लाग्ने भन्दै उनले पटक पटक गरी १९ लाख उठाएर फरार भएका थिए ।
वैदेशिक रोजगार विभाग पत्राचार अनुसार उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बुधबार चन्द्रागिरी नगरपालिका वडा नम्बर ५ स्थित सतुङ्गलबाट पक्राउ गरेको हो । उनलाई अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फेवातालमा दीर्घकालीन योजना ल्याएर मात्र पोल गाड्न आग्रह
-
‘हिन्दकुश हिमालय संसदीय सम्मेलन’ आगामी साउन २ र ३ मा
-
सशस्त्र प्रहरीले मधेस प्रदेशमा ‘डिजाष्टर भोलेन्टिर’ तयार पार्दै
-
विद्या भण्डारीलाई चीनले दिएको ‘उच्च’ सम्मानले एमाले उत्साहित
-
कोशी प्रदेशलाई दिने अनुदान रकम निरन्तर घट्दो
-
२७ विधामा बाँडियो नेपाल म्युजिक एन्ड फेसन अवार्ड