फ्रान्समा रोजगारीमा पठाउने भन्दै १९ लाख ठग्ने प्रहरीको फन्दामा
बुधबार, ०४ माघ २०७९, १४ : ४४
काठमाडौंँ । फ्रान्समा रोजगारीमा पठाइदिने भन्दै तीन जनाबाट १९ लाख रुपैयाँ ठग्ने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नम्बर ८ घर भई हाल काठमाडौंँको चन्द्रागिरी बस्ने तेजेन्द्र महत रहेका छन् । राजेन्द्र रानामगर समेत ३ जनालाई वैदेशिक रोजगारीको लागि फ्रान्समा जान १० लाख रुपैयाँ लाग्ने भन्दै उनले पटक पटक गरी १९ लाख उठाएर फरार भएका थिए ।
वैदेशिक रोजगार विभाग पत्राचार अनुसार उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बुधबार चन्द्रागिरी नगरपालिका वडा नम्बर ५ स्थित सतुङ्गलबाट पक्राउ गरेको हो । उनलाई अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
-
१०८ वर्ष पुरानो गणितीय प्रश्न सुल्झाउँदै चिनियाँ गणितज्ञले रचे इतिहास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण